३१ बैशाख २०८१, सोमबार | May 14, 2024

अवरुद्ध अनलाइन सेवा सञ्चालनमा



काठमाडौं । वैदेशिक रोजगार विभागको अवरुद्ध भएको अनलाइन सेवा आजदेखि पुनःसञ्चालनमा आएको छ । विभागको ‘एफइआइएमएस’ प्रणालीको फाइल ‘सर्भर माइग्रेट’ गर्नुपर्ने भएकाले मङ्गलबारदेखि अवरुद्ध भएको सेवा आजदेखि पुनःसञ्चालनमा आएको विभागका सूचना अधिकारी तथा निर्देशक कविराज उप्रेतीले राससलाई जानकारी दिए ।

उनका अनुसार अवरुद्ध भएको अनलाइन सेवा आजदेखि सञ्चालनमा आएकाले श्रम स्वीकृतिका लागि अब सहज भएको छ । अवरुद्ध भएको ‘एफइआइएमएस’ प्रणाली पुनःसञ्चालनमा आएसँगै श्रम स्वीकृतिको काम पनि सुरु भएको विभागले सूचनामार्फत सेवाग्राहीलाई पनि जानकारी दिएको छ ।

प्रणालीमा आएको समस्याका कारण श्रम स्वीकृतिका फाइल थुप्रिएका र अब छिट्टै काम हुने भएकाले श्रम स्वीकृति लिएर मात्र टिकट काट्न विभागले अनुरोध गरेको सूचना अधिकारी तथा निर्देशक उप्रेतीले बताए ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहिबार  ३ : ४७ बजे

लुम्बिनीको संरक्षण र विकासका लागि १२ बुँदे योजना प्रस्ताव

लुम्बिनी । लुम्बिनी विकास कोष र लुम्बिनी बचाउ महाअभियानको संयुक्त

छ हजार सात सय पाँच जनाले सम्पत्ति विवरण बुझाएनन्

काठमाडौं । सार्वजनिक पद धारणा गरेका छ हजार सात सय

भेरी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. राजन पाण्डे नियुक्त

नेपालगन्ज । सरकारले भेरी अस्पताल नेपालगन्जको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा अस्पतालमा

निर्वाचन प्रणालीबारे सभापति खतिवडा र प्रमुख आयुक्त थपलियाबीच छलफल

काठमाडौं । राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडा र प्रमुख

सिप्रदी ट्रेडिङले काठमाडौं महानगरलाई पुरानो गाडी बेचेको आरोप, कालोसूचीमा राख्न सिफारिस

काठमाडौं। सिप्रदी ट्रेडिङलाई ३ बर्ष कालोसूचीमा राख्न काठमाडौं महानगरपालिकाले सार्वजनिक