१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेट



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्नुभएको छ ।

भेटमा उहाँहरूबीच समसामयिक राजनीतिका विषयमा छलफल भएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्ड आज साँझ नियमित भेटघाटका क्रममा राष्ट्रपति कार्यालय पुगेका थिए । भेटमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिसमक्ष विश्व खाद्य कार्यक्रमबारे ब्रिफिङसमेत गरे । प्रधाानमन्त्री प्रचण्ड यही साउनको पहिलो साता इटालीमा संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठनको मुख्यालयले आयोजना गरेको कार्यक्रम सहभागी भइ फर्केका थिए ।

प्रेस सल्लाहकार पोखरेलले भने, “प्रधानमन्त्री दाहाल इटालीमा आयोजित विश्व खाद्य कार्यक्रमबाट फर्किनु भएयता राष्ट्रपतिसँग भेट भएको थिएन । आजको भेटमा राष्ट्रपतिले उक्त कार्यक्रमबारे जानकारी लिनुभयो ।”

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहिबार  ९ : ३६ बजे

विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन

काठमाडौँ । प्रेस काउन्सिल नेपालले विपद्का बेला समाचार सम्प्रेषण गर्दा

बाढीका कारण क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति

भोटेकोशी बाढी : एक हजार २९३ शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

काठमाडौँ । चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान

त्रिशूली-३ ‘ए’को सुरुङमा एकजनाको शव फेला

काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र उद्धारका