१६ श्रावण २०८३, शनिबार | August 2, 2026

छोरीहरुको कपडा किन्न अर्को महिना ओली ‘सपिङ’मा निस्कने



काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अर्को महिना ‘सपिङ’मा जाने भएका छन् ।

मुगुका दुई किशोरीको पालनपोषण र शिक्षा दिक्षा दिईरहेका एमाले अध्यक्ष ओलीले उनीहरुका लागि कपडा किन्नका लागि अर्को महिना ‘सपिङ’ जान लागेका हुन् ।

‘शनिबार स्कूल बिदाको दिन पारेर मुगुका मेरा यी दुई छोरीहरू (ठिन्ले साङ्मु लामा र छिरिङ लामा) मलाई भेट्न आइरहन्छन्, आज पनि आएका थिए । बालाई  भेट्न आएको नि भन्दै आज घुम्न जाने भन्दै थिए, तर मेरो फूर्सद मिलेन,’ ओलीले सो भेट पछि भने, ‘घरमा आमासँग भिडियो कल गर्ने भने । उनीहरूका बाआमासँग एकछिन् भिडियोमा कुरा भयो ।’

ओलीलाई आफ्नो निवासमा भेटन आएका दुई किशोरीको तस्विर हाल्दै अगाडी लेखेका छन, ‘केही समय यिनीहरुसँग कुरा गरेर बिताए । राम्रोसँग पढ्छु भनेका छन् । अर्को महिनामा लुगा किन्न जाने कुरो भएको छ । खुशी छन् छोरीहरु ।’

 

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ९ : ३८ बजे

पोखरामा मनाइयो कोदो दिवस

पोखरा । पोखरामा दोस्रो राष्ट्रिय कोदो दिवस मनाइएको छ ।

दिपमाला ढकालले पहिरिइन मिस नेपाल २०२६ को ताज

काठमाडौं । मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकालले उचालेकी

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं । हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

काठमाडौं । पाकिस्तानको काराकोरम क्षेत्रस्थित ‘ब्रड पिक’ हिमालमा बिहीबार गएको

चौथौ फुलबारी गाइज फुटसल हुँदै, प्रथम पुरस्कार १ लाख २५ हजार रुपैयाँ

बुटवल । युवामाझ खेल संस्कृतिको विकास, स्वस्थ प्रतिस्पर्धाको प्रवद्र्धन तथा