२७ जेष्ठ २०८३, बुधबार | June 10, 2026

मिस्टर एण्ड मिस पश्चिमाञ्चलको ग्राण्ड फिनाली साउन ३१ गते



बुटवल । आरएनसी स्टाइल्सको आयोजनामा पाँचौ संस्करणको मिस्टर एण्ड मिसेस पश्चिमाञ्चलको ग्राण्ड फिनाली यही साउन ३१ गते हुने भएको छ । गत असार १६ गतेदेखि अडिसन राउण्ड सुरु भई शनिबार बुटवलको आरम्भ रिसोर्टमा क्लोज क्याम्प सम्पन्न गरिएको छ । प्रतियागितामा १०/१० जना फानालिस्ट छनोट गरिएको आरएनसीका निर्देशक सुजि बस्यालले जानकारी दिए ।

लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट सहभागी ४०/४० जना महिल/ पुरुष प्रतियोगीहरुबाट विभिन्न चरणको छनोट पार गर्दै फाइनलिस्ट तय गरिएको निर्देशक बस्यालले बताए ।

अडिसन राउण्डसँगै २५ दिनको ट्रेनिङ, पछि क्लोज क्षाम्प लगायतका चरणहरु पार गर्दै उनीहरुलाई नेतृत्व तथा क्षमता विकास सम्बन्धि उत्पेरणामुलक ज्ञान र सीप प्रदान गर्ने काम भएको आरएनसी स्टाइल्सका सिईयो रेशक न्यौपानले जानकारी दिए । साउन ३१ गते होटेल र्याडिसनमा हुने ग्राण्ड फिनालीको विजेताले नगद २५/२५ हजार सहित विभिन्न आकर्षक उपहारहरु प्राप्त गर्ने उनले बताए ।

सन २०१६ देखि हरेक दुई/दुई वर्षमा हुँदै आएको प्रतियोगितामा विजेता मिस्टर सचिन केसी र मिस अमिसा थापा समेत फिनालीमा सहभागी हुने बताइएको छ । रुपन्देहीसहित रौतहट, नवलपरासी, पाल्पा, गुल्मी, कपिलवस्तु लगायतका जिल्लाहरुबाट सहभागी प्रतियोगितामा १६ वर्षदेखि २४ वर्षसम्मका युवाहरु सहभागी भएका छन् ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ३ : ०४ बजे

कोहलपुरबाट ठूलो परिमाणमा अफिम बरामद, २ जना पक्राउ

नेपालगन्ज । बाँकेको कोहलपुर क्षेत्रबाट ठूलो परिमाणको अफिमसहित दुई जनालाई

नेतृत्व पाएसँगै नवप्रवर्तन मन्त्रालयले थाल्यो काम

काठमाडौं । नेतृत्व पाएसँगै नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले

प्रतिनिधिसभा बैठक अपराह्न २ बजेका लागि तोकियो

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आजै अपराह्न २ः०० बजेका लागि तोकिएको

सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप

काठमाडौं । सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारामाथि शंकर पोखरेलको प्रहार

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले गृहमन्त्रीमा सुधन गुरुङको