११ असार २०८३, बिहिबार | June 26, 2026

नेपालगन्जको विकासलाई प्राथमिकता दिएको छु : मुख्यमन्त्री चौधरी



राँझा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेपालगन्जको समग्र विकासमा प्रदेश सरकारले प्राथमिकता दिएको बताएका छन ।

नेपाली कांग्रेस बाँकेले आज नेपालगन्जमा आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन । उनले भने, “म पनि नेपालगन्जवासी भएकाले यो सहरको विकासका लागि म दत्तचित्त भएर लाग्ने छु, तपाईँहरू पनि आ-आफ्नो स्थानबाट लाग्नुहोस् ।”

नेपालगन्ज सहर पश्चिम नेपालकै केन्द्रविन्दुमा रहेको र लुम्बिनी प्रदेशको प्रमुख औद्योगिक सहरका रूपमा रहेको उल्लेख गर्दै मुख्यमन्त्री चौधरीले नेपालगन्जको समग्र विकासका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाए ।

उनले नेपालगन्जको डुबान समस्या र बाँकेमा हुने गरेको राप्ती नदी, मानखोलालगायतका खोलाले गर्दै आएको कटान तथा डुबान न्यूनीकरणका लागि प्रदेश सरकारले आवश्यक योजना बनाएको उल्लेख गरे ।

उनले प्रदेश सरकारले सबै जातजाति, भाषाभाषीको उत्थानका लागि बजेट विनियोजन गरेको जानकारी गराउँदै भने, “यहाँका चिडिमार, मगन्तालगायतका लोपोन्मुख जातजाति र समुदायका लागि पनि प्रदेश सरकारले बजेट विनियोजिन गरेको छ, बजेट कार्यान्वयनका लागि आवश्यक पहल गर्नुहोला ।”

मुख्यमन्त्री चौधरीले भने, “म तपाईँहरूभन्दा बाहिर छैन, बाँके जिल्ला र समग्र प्रदेशको विकासका लागि के गर्दा राम्रो हुन्छ, तपाईँहरूले दिएको सुझावलाई मैले कार्यान्वयन गर्नेछु ।”

कार्यक्रममा नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले बाँके जिल्लामा हुने गरेको डुबान तथा कटान न्यूनीकरणमा विशेष पहल गरिदिन मुख्यमन्त्रीलाई अनुरोध गरेका थिए । मुख्यमन्त्री चौधरी सोमबार नेपालगन्जस्थित बागेश्वरी मन्दिरमा आयोजना भएको महाआरतीमा सहभागी भएका थिए ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ११ : १५ बजे

पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध

रास्वपा महाधिवेशन : यस्तो छ प्रदेशगत मत परिणाम

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय

‘फिफा’को निलम्बनपछि नेपाली फुटबल अन्यौलमा

काठमाडौं । विश्वसँगै नेपालको सहरदेखि गाउँगाउँसम्म विश्वकप फुटबल प्रतियोगिता २०२६

मेडिकल काउन्सिलले ल्यायो ‘हेलो एनएमसी’

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले अनलाइनमार्फत पनि गुनासो तथा उजुरी

पतञ्जली जग्गा प्रकरण : माधव नेपाल क्याविनेटका मन्त्रीहरूलाई बकपत्र गराउन आदेश

काठमाडौं । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा सट्टापट्टा