३ पुस २०८२, बिहिबार | December 18, 2025

कृतार्थ र स्नेहाले उचाले मिस्टर एण्ड मिस पश्चिमाञ्चलको ताज



बुटवल । आरएनसी स्टाइल्सको आयोजनामा सम्पन्न पाँचौ संस्करणको मिस्टर एण्ड मिस पश्चिमाञ्चलको ताज कृतार्थ श्रीवास्तव र स्नेहा श्रैष्ठले उचालेका छन् ।

तिलोत्तमाको रेडिसन होटलमा सम्पन्न प्रतियोगिताको ग्राण्ड फिनालेमा ४०/४० प्रतिस्पर्धीलाई पछि पार्दै उनीहरुले नगद २५/२५ हजार नगद पुरस्कारसहित विभिन्न गिफ्ट ह्याम्पर तथा फेलोसिप प्राप्त गर्न सफल भएका छन् ।

टाईटल स्पोन्सर पथवे बुटवल, स्टडी एब्रोड रहेको प्रतियोगितामा मिस्टर पश्चिमाञ्चलफर्त भ्युअर च्वाइस बन्न सफल दिपेश लामाले फस्ट रनअपको समेत उपाधि चुम्न सफल भए । यसैगरी मिस पश्चिमाञ्चलतर्फ भ्यूअर च्वाइसमा स्माईरा भुसाल बन्दा शलु परियार फस्ट रनरअफ बन्न सफल भइन् । यसैगरी मिस्टर पश्चिमाञ्चलको सेकेन्ड एण्ड थर्ड रनरअप क्रमशः जसन गहतराज र सुजल बस्याल बन्न सफल भए भने मिसतर्फ एलिना चौधरी र सानिया चालिसे क्रमशः सेकेन्ड एण्ड थर्ड रनरअफ बन्न सफल भए ।

मिस नेपाल इन्टरनेश्नल २०१९ की वजेता मिरा कक्षपति, मिस्टर नेपाल २०२२ का नुतन श्रेष्ठसँगै डिजाइनर अमित बराल रहेको फिनालेमा फ्रान्सिस बस्याल र जसन गहतराज अर्गनाइज च्वाईस बन्न सफल भएको आरएनसी स्टाइल्सका निर्देशक सुजित कस्यालले जानकारी दिए ।

असार १६ गतेदेखि अडिसन राउण्ड सुरु भई १०/१० जना फाइनालिस्ट छनोट गरी बुटवलको आरम्भ रिसोर्टमा क्लोज क्याम्प सम्पन्न गरिएको प्रतियोगिताको ग्राण्ड फिनाले तिलोत्तमामा सम्पन्न गरिएको आयोजक कम्पनीका सिईयो रेशन न्यौपानेले जानकारी दिए ।

अडिसन राउण्डसँगै २५ दिनको ट्रेनिङ, पछि क्लोज क्याम्प लगायतका चरणहरु पार गर्दै उनीहरुलाई नेतृत्व तथा क्षमता विकास सम्बन्धि उत्पेरणामुलक ज्ञान र सीप प्रदान गरिएको उनले जानकारी दिए ।

सन २०१६ देखि हरेक दुई-दुई वर्षमा हुँदै आएको प्रतियोगिता अन्तरगत यस पटकका विभिन्न उपाधि विजेताहरुले कम्पनीसँग आबद्ध रहेर एक वर्षका लागि विभिन्न फेलोसि प्राप्त गर्ने उनले बताइन् ।

यसैगरी नेपाल टुरको समयमा विभिन्न ठाउँबाट फ्रि टिकट, लजिङ, फुडिङ लगायतका सुविधाहरुका लागि विभिन्न स्पोन्सर कम्पनीहरुले उपलब्ध गराउने उनले बताए ।

प्रकाशित मिति : १ भदौ २०८०, शुक्रबार  २ : १४ बजे

अध्यक्षमा केपी ओली सहज विजयउन्मुख अवस्थामा

काठमाडौँ । नेकपा एमालेको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भइरहेको मतगणनामा

महाकाली पुल र बस्ती बचाउन तटबन्धको काम वर्षायाम अघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ

कञ्चनपुर। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

जाँचबुझ आयोगद्वारा तत्कालीन आईजीपी खापुङसँग पुनः बयान

काठमाडौं। २३ र २४ भदौमा भएका घटनाको छानबिनका लागि गठित

सुनको मूल्य तोलामा २ लाख ६० हजार ४०० रुपैयाँ, चाँदीको पनि बढ्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको

अध्यक्षमा ओली तेब्बर मतले अगाडि, महासचिवमा शंकरलाई पछ्याउँदै सुरेन्द्र

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा