१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

कृतार्थ र स्नेहाले उचाले मिस्टर एण्ड मिस पश्चिमाञ्चलको ताज



बुटवल । आरएनसी स्टाइल्सको आयोजनामा सम्पन्न पाँचौ संस्करणको मिस्टर एण्ड मिस पश्चिमाञ्चलको ताज कृतार्थ श्रीवास्तव र स्नेहा श्रैष्ठले उचालेका छन् ।

तिलोत्तमाको रेडिसन होटलमा सम्पन्न प्रतियोगिताको ग्राण्ड फिनालेमा ४०/४० प्रतिस्पर्धीलाई पछि पार्दै उनीहरुले नगद २५/२५ हजार नगद पुरस्कारसहित विभिन्न गिफ्ट ह्याम्पर तथा फेलोसिप प्राप्त गर्न सफल भएका छन् ।

टाईटल स्पोन्सर पथवे बुटवल, स्टडी एब्रोड रहेको प्रतियोगितामा मिस्टर पश्चिमाञ्चलफर्त भ्युअर च्वाइस बन्न सफल दिपेश लामाले फस्ट रनअपको समेत उपाधि चुम्न सफल भए । यसैगरी मिस पश्चिमाञ्चलतर्फ भ्यूअर च्वाइसमा स्माईरा भुसाल बन्दा शलु परियार फस्ट रनरअफ बन्न सफल भइन् । यसैगरी मिस्टर पश्चिमाञ्चलको सेकेन्ड एण्ड थर्ड रनरअप क्रमशः जसन गहतराज र सुजल बस्याल बन्न सफल भए भने मिसतर्फ एलिना चौधरी र सानिया चालिसे क्रमशः सेकेन्ड एण्ड थर्ड रनरअफ बन्न सफल भए ।

मिस नेपाल इन्टरनेश्नल २०१९ की वजेता मिरा कक्षपति, मिस्टर नेपाल २०२२ का नुतन श्रेष्ठसँगै डिजाइनर अमित बराल रहेको फिनालेमा फ्रान्सिस बस्याल र जसन गहतराज अर्गनाइज च्वाईस बन्न सफल भएको आरएनसी स्टाइल्सका निर्देशक सुजित कस्यालले जानकारी दिए ।

असार १६ गतेदेखि अडिसन राउण्ड सुरु भई १०/१० जना फाइनालिस्ट छनोट गरी बुटवलको आरम्भ रिसोर्टमा क्लोज क्याम्प सम्पन्न गरिएको प्रतियोगिताको ग्राण्ड फिनाले तिलोत्तमामा सम्पन्न गरिएको आयोजक कम्पनीका सिईयो रेशन न्यौपानेले जानकारी दिए ।

अडिसन राउण्डसँगै २५ दिनको ट्रेनिङ, पछि क्लोज क्याम्प लगायतका चरणहरु पार गर्दै उनीहरुलाई नेतृत्व तथा क्षमता विकास सम्बन्धि उत्पेरणामुलक ज्ञान र सीप प्रदान गरिएको उनले जानकारी दिए ।

सन २०१६ देखि हरेक दुई-दुई वर्षमा हुँदै आएको प्रतियोगिता अन्तरगत यस पटकका विभिन्न उपाधि विजेताहरुले कम्पनीसँग आबद्ध रहेर एक वर्षका लागि विभिन्न फेलोसि प्राप्त गर्ने उनले बताइन् ।

यसैगरी नेपाल टुरको समयमा विभिन्न ठाउँबाट फ्रि टिकट, लजिङ, फुडिङ लगायतका सुविधाहरुका लागि विभिन्न स्पोन्सर कम्पनीहरुले उपलब्ध गराउने उनले बताए ।

प्रकाशित मिति : १ भदौ २०८०, शुक्रबार  २ : १४ बजे

प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश

लुम्बिनी प्रदेशसभाः नीति तथा कार्यक्रममाथि छलफल सुरु

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको आज बसेको सातौँ बैठकमा आर्थिक वर्ष

रास्वपा सांसद खरेलको ‘तमासा’  अभिव्यक्ति हटाउन नेकपाको माग

काठमाडौं । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

काठमाडौं । नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधिमैत्री

मुख्य न्यायाधिवक्ताहरूको राष्ट्रिय सम्मेलन धनगढीमा सुरु

सुदूरपश्चिम । ‘समन्वय, सहकार्य र कानुनको प्रभावकारी कार्यान्वयन–सबल मुख्य न्यायधिवक्ता,