३१ असार २०८३, बुधबार | July 15, 2026

आजको मौसम : देशभरको मौसममा सामान्य वदली, केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह



काठमाडौं । हाल नेपालभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ ।

यसकासाथै मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभागबाट केहि दक्षिण तिर सरेको छ ।

देशभर आंशिकदेखि सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

त्यसैगरी आज विहान ३ः४५ बजेको रेकर्ड अनुसार पछिल्लो ३ घण्टा रुपन्देही र कपिलबस्तु जिल्लामा भारी वर्षा भएकाले साना खोलाहरुमा आकस्मिक बाढी आउनसक्ने भन्दै सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज राती देशभर सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश ५, कर्णाली प्रदेशका र सुदुरपश्चिम प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ७ : ०३ बजे

लायन्स क्लब अफ बुटवलको वार्षिक साधारणसभा सम्पन्न, गभर्नर्स टिमलाई सम्मान

बुटवल । लायन्स क्लब अफ बुटवलले वर्ष २०२६/२७ को आफ्नो

कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा चार मन्त्रीको राजीनामा राजीनामा स्वीकृत

सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसको तर्फबाट सहभागी चार

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवर्द्धनका निम्ति द्रुत

बुटवलमा नक्कली नोट छाप्ने गिरोह पक्राउ, ६ लाखभन्दा बढी नक्कली नोट बरामद

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका-६ नेपालगञ्जरोडस्थित एक पसलबाट नक्कली नेपाली