५ पुस २०८२, शनिबार | December 20, 2025

जनउत्थान लघुवित्तद्वारा बिमा मृत्यु दावी भुत्तानी रकम हस्तान्तरण



बुटवल । जनउत्थान सामुदायिक लघुवित्त बित्तिय संस्थाले कर्जा बिमा मृत्यु दावी भुत्तानी रकम हस्तान्तरण गरेको छ । जनउत्थान सामुदायिक लघुवित्त बित्तिय संस्था बुटवल शाखाले कर्जा बिमा अन्तर्गत बिमा रकम हस्तान्तरण गरेको हो ।

बित्तिय संस्थाले लघुबित्त बैंकिङ समुदाय अन्तर्गत लक्ष्मी बचत केन्द्र, केन्द्र नं ०८५३ का सदस्य तथा बुटवल उपमहानगरपालिका वडा नं ४ निवासी स्व. मिरा देवि गोङजुका परिवारलाई कर्जा बिमा अन्तर्गत मृत्यु दावी रकम र काजक्रिया खर्चको चेक हस्तान्तरण गरेको हो ।

बित्तिय संस्थाले शुक्रबार बुटवल उपमहानगरपालिको आदर्शनगरमा मृतकको घरमै पुगेर मृतकको श्रीमान श्याम काजि गोङजुको परिवारलाई कर्जा बिमा अन्तर्गत मृत्यु दावी रकम र काजक्रिया खर्च बापटको रकम रु ३,५१,८६२ यस संस्थाका संचालक समितिका अध्यक्ष बाबुराम विश्वकर्मा र बुटवल उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नरिश्वर शर्माले चेक हस्तान्तरण गरेका हुन । मृतक मिरा देवि गोङजुको गत असारमा असमाहिक निधन भएको थियो ।

संस्थाका अध्यक्ष बाबुराम विश्वकर्माले जनउत्थान लघुवित्त संस्था सामाजिक सेवा प्रदायक बित्तिय संस्था भएकोले कर्जा र बचत कारोबारसँगै सदस्यहरुको भविष्यमा आईपर्ने जोखिम बहन गर्ने र सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न खालका सेवा सुविधा तथा क्षमता विकास तालिम, व्यवसायिक सिप विकास तालिम समेत गर्दै आएको बताए ।

प्रकाशित मिति : ९ भदौ २०८०, शनिबार  ६ : २७ बजे

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र