२८ जेष्ठ २०८३, बिहिबार | June 11, 2026

मन्त्री जोशीको निर्देशनपछि चितवनका अस्पतालहरूको पार्किङ शुल्क हट्यो



चितवन । बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीको निर्देशनपछि जिल्लाका अस्पतालहरूले पार्किङ शुल्क हटाएका छन् । चितवन मेडिकल कलेजबाहेक सबै अस्पतालमा पार्किङ निःशुल्क गरिएको हो । मेडिकल कलेजले केही दिनभित्रै पार्किङ निःशुल्क गर्ने जनाएको छ ।

भरतपुर अस्पतालले आजदेखि पार्किङ शुल्क हटाएको छ । यसअघि नै अन्य अस्पतालहरूले पार्किङ शुल्क हटाएका थिए । केही दिनअघि भरतपुर आँखा अस्पतालले सूचना जारी गरी पार्किङ निःशुल्क गरेको थियो ।

विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, बकुलहर रत्ननगर अस्पताल, कलेज अफ मेडिकल साइन्सेसलगायतका साना अस्पतालहरूले पार्किङ निःशुल्क गरेका छन् ।

मन्त्री जोशीले गत साउन २ गते मन्त्रिस्तरीय निर्णय गरी ३ गते सबै अस्पतालहरूमा पार्किङ निःशुल्क गर्न पत्राचार गरिएको जानकारी दिए । उनका अनुसार तत्कालै प्रादेशिक अस्पतालहरूमा निःशुल्क गरिएको थियो ।

सङ्घीय अस्पतालमा पार्किङ निःशुल्क गर्न सङ्घीय स्वास्थ्य मन्त्रीलाई आवश्यक निर्देशनका लागि अनुरोध गरिएको मन्त्री जोशीले बताए । उनले भने, “बागमती प्रदेशभित्रका प्रायः सबै अस्पतालले पार्किङ निःशुल्क गरेका छन् ।” बाँकी रहेकाहरूलाई तत्काल कार्यान्वयन गर्न निर्देशन दिइएको उनले बताए ।

प्रकाशित मिति : १० भदौ २०८०, आइतबार  ९ : ४७ बजे

रौतहटमा ९० लाखभन्दा बढी मूल्यको फर्सीको बिउ बरामद

रौतहट । नेपाल-भारत सीमावर्ती क्षेत्रमा अवैध निकासी हुन लागेको ठूलो

काठमाडौं-तराई फास्ट ट्र्याकमा पिकअप दुर्घटना, दुई जनाको मृत्यु

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-८ बैदमार क्षेत्रमा रहेको काठमाडौं-तराई द्रुतमार्ग

फिफा विश्वकप फुटबल २०२६ आज रातिबाट सुरु हुँदै

काठमाडौं । फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप २०२६ आज

पहिरोले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो

कालीकोट । पहिराका कारणले अवरुद्ध रहेको कर्णाली करिडोर आज बिहानदेखि

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, बजेटमाथिको छलफल जारी रहने

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।