१ जेष्ठ २०८१, मंगलबार | May 14, 2024

दुई वैदेशिक रोजगार व्यवसायीलाई कारबाही



काठमाडौं । वैदेशिक रोजगार विभागले दुई वैदेशिक रोजगार व्यवसायीलाई कारबाही गरेको छ । विभागको पूर्वस्वीकृतिबिना सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण सूचना प्रसारण गर्ने र एजुकेशनल इन्स्टिच्युट एण्ड कन्सल्टेन्सी राखी वर्किङ भिसाको लोभ देखाएर सन्देहपूर्ण कारोबार गरेको भन्दै विभागले अक्सन इन्टरनेशनल प्रालि र ओमेगा इन्टरनेशनल प्रालिलाई कारबाहीस्वरुप निलम्बन गरेको हो ।

विभागका निर्देशक एवं सूचना अधिकारी कविराज उप्रेतीले विभागको मङ्गलबारको निर्णयानुसार ऐनको दफा ६१ (७) बमोजिम दुवै संस्थालाई निलम्बन गरिएको जानकारी दिनुभएको छ । वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न वैदेशिक रोजगार विभागबाट इजाजतपत्र लिएका संस्थाले प्रचलित कानुनको अक्षरसः पालना गरी आफ्ना गतिविधि सञ्चालन गर्न विभागले अनुरोध गरेको छ ।

ओमेगा इन्टरनेशनल प्रालिले विभागको पूर्वस्वीकृतिबिना सामाजिक सञ्जाल (फेसबुक)मार्फत नेपाली डाक्टरहरूलाई वैदेशिक रोजगारीमा कुवेत पठाइदिने भनी भ्रमपूर्ण सूचना प्रसारण गरेको एवं सीपयुक्त दक्ष जनशक्तिलाई व्यक्तिगतरूपमा गन्तव्य मुलुकमा पठाउने गरी शङ्कास्पद कार्यहरू गरेकाले कारबाहीस्वरुप निलम्बन गरिएको विभागले जनाएको छ ।

यस्तै अक्सन इन्टरनेशनल प्रालि (अवतार ह्युमन रिसोर्स प्रालि)ले आफ्नो संस्थाको भवनभित्र अन्य दुईवटा संस्था राखी छेउकै भवनमा एजुकेशनल इन्स्टिच्युट एण्ड कन्सल्टेन्सी राखी वर्किङ भिसाको प्रलोभन देखाई सन्देहपूर्ण कारोबार गर्नुका साथै व्यक्तिगतरूपमा दक्ष जनशक्ति वैदेशिक रोजगारमा पठाउने कार्यमा संलग्न रहेकाले कारबाही गरिएको विभागले जनाएको छ ।

विभागले वैदेशिक रोजगारीमा जान इच्छुक सम्पूर्ण दाजुभाइ, दिदीबहीनीलाई सामाजिक सञ्जालमा प्रसारण हुने भ्रमपूर्ण विज्ञापनमा विश्वास नगर्न अनुरोध गरेको छ । साथै प्रचलित ऐन, कानुनको बर्खिलाप हुने गरी सामाजिक सञ्जालमा सूचना सम्प्रेषणलगायतका गतिविधि सञ्चालन नगर्न इजाजतपत्रवाला संस्थाहरूमा अनुरोध गरिएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  ९ : ४९ बजे

मोदीले गराए वाराणसी लोकसभा सिटबाट उम्मेदवारी दर्ता

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज वाराणसी लोकसभा सिटका

मन्त्रिपरिषद्बाट नीति तथा कार्यक्रम पारित

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित

यसवर्ष गणतन्त्र दिवस मौलिक र रचनात्मक रूपमा मनाइने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र दिवस मौलिक एवं

बाँकेको जानकीमा सृङ्खलाबद्ध लुटपाट गर्ने समुहका २ जना पक्राउ

नेपालगन्ज । सृङ्खलाबद्धरुपमा बाँकेको जानकीमा लुटपाट गर्दै आएको समुह मध्यका

बेलहियामा गोदाम बनाएर रुपन्देहीमा लागु औषध सप्लाई गर्ने महिला पक्राउ

बुटवल । रुपन्देही प्रहरीले रुपन्देहीको भैरहवामा लागु औषध सप्लाई गर्ने