२० मंसिर २०८२, शनिबार | December 6, 2025

पाहुनाको पर्खाइमा बाँकेका होमस्टे



नेपालगन्ज । वर्षायामसँगै सुनसान बनेका बाँकेका होमस्टे (घरबास) आन्तरिक पर्यटकको पर्खाइमा छन् । पाहुनाको आगामन नभएपछि यतिबेला होमस्टे सञ्चालक फुर्सदिला भएका छन् ।

वर्षा लागेपछि पाहुना आउने क्रम कम हुँदै गएको बाँकेको राप्ती सोनारी गाउँपालिका–८ नयाँगाउँमा होमस्टे सञ्चालन गर्दै आउनुभएकी शोभी थारूले बताइन् ।

“अरु बेला त भीडभाड नै हुन्छ, तर वर्षायामको दुई महिना जति पाहुना नआउँदा सुनसान हुने गरेको छ”, उनले भनिन्, “अहिले त पाहुना नआएका कारण हाम्रो होमस्टे सुनसानजस्तै छन्, पाहुनाको पर्खाइमा बसेका छौं ।”

नेपालगन्जबाट करिब २५ किलोमिटरको दूरीमा रहेको नयाँगाउँ होमस्टे २०७२ सालमा सञ्चालनमा ल्याइएको थियो । सुरुमा सात घरमा सञ्चालन गरिएको होमस्टे अहिले १३ घरमा सञ्चालनमा आएको छ । राजमार्गसँगै जोडिएको र पर्याप्त घुम्ने ठाउँ भएकाले नेपालगन्ज, कोहलपुरलगायतका क्षेत्रबाट यहाँ दैनिकजसो पाहुनाको चहलपहल हुने गर्दथ्यो ।

होमस्टे नजिकै वनस्पति उद्यान, ढकेरी वनभोजस्थल र बाँके राष्ट्रिय निकुञ्जको हात्तीसार रहे पनि अहिले आन्तरिक पर्यटकको चहलपहल ठप्प रहेको नयाँगाउँ होमस्टेका अध्यक्ष मङ्गल थारूले बताए । बैजनाथ गाउँपालिकामा रहेको जिल्लाकै चर्चित गाभर भ्याली होमस्टेमा पनि यतिबेला पाहुनाको चहलपहल छैन । वर्षात्का कारण अहिले व्यवसाय ठप्पजस्तै रहेको गाभर भ्याली होमस्टेका अध्यक्ष कृष्णलाल चौधरीले जानकारी दिए ।

होमस्टे व्यवसायले थारू महिलाको चेतना धेरै माथि उठेको छ । आफ्नो समुदायबाहेक अरूसँग बोल्न डराउने, गाउँबाट अन्यत्र नजाने उनीहरू अहिले होमस्टेमा आउने पाहुना र उनीहरूसँगको घुलमिलले विभिन्न ठाउँको संस्कृति र मानिसलाई चिन्ने मौका पाएको चौधरीको भनाइ छ । बाँकेका पाँच सामुदायिक होमस्टेमा ५० घरपरिवार आबद्ध छन् ।

समुदायमा स्वरोजगार तथा रोजगारको सिर्जना गर्दै आएको सामुदायिक होमस्टेमा पाहुनाको चहलपहल कम भएपछि सञ्चालन गर्न कठिन भएको उनको भनाइ छ । जिल्लाभरिका होमस्टेमा वार्षिक रु एक करोड बढी आम्दानी हुने गरेको चौधरीले जानकारी दिए ।

“अहिले त होमस्टे सुनसान छ, आएका पाहुनालाई खाने बसाउने गरेका छौं”, बैजनाथको च्यामास्थित घरबास सञ्चालक गणेश चौधरीले भने, “हिउँदमा जसरी भरिभराउ हुन्थ्यो, अहिले त्यसको तुलनामा निकै न्यून छ, घरबासको खर्च धान्न पनि मुस्किल भएको छ ।”

विसं २०७० मा सुरु भएको बाँकेको पहिलो गाभर भ्याली सामुदायिक होमस्टे अहिले नेपालकै नमूना घरबासका रूपमा चिनिन्छ । बाँकेमा सञ्चालित होमस्टे जीविकोपार्जनमात्रै नभई आयआर्जनको माध्यम बनेको गाभर भ्याली होमस्टेका अध्यक्ष चौधरीले बताए ।

प्रकाशित मिति : १५ भदौ २०८०, शुक्रबार  ११ : १० बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल