२० श्रावण २०८३, बुधबार | August 5, 2026

साताको अन्तिम दिन ३ सय रुपैयाँले घट्यो सुनको मूल्य



काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु तीन सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख १२ हजार आठ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु एक लाख १२ हजार पाँच सय निर्धारण गरिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख ११ हजार नौ सय ५० छ । यसको मूल्य अघिल्लो दिन रु एक लाख १२ हजार दुई सय ५० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार चार सय ७० तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

प्रकाशित मिति : १५ भदौ २०८०, शुक्रबार  ११ : २४ बजे

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,

सौराहाको मध्यवर्ती क्षेत्रमा नयाँ जङ्गली हात्ती

चितवन । चितवन राष्ट्रिय निकुञ्जको सौराहा क्षेत्रमा नयाँ जङ्गली हात्ती

इँटाभट्टाको पर्खाल भत्किँदा बाँकेमा दुई मजदुरको मृत्यु

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१९ भैयापुरस्थित न्यु किसान इँटाभट्टामा पर्खाल

सिमलतालमा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक पूर्ण अवरुद्ध

काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत सिमलताल नजिकै मंगलबार बिहान पहिरो खस्दा

बेनी-जोमसोम सडक रातिमा बन्द

गण्डकी । म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने सडकखण्डमा रातको