२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

वनकालीको पार्किङ ठेक्का रद्द गर्ने पशुपति क्षेत्र विकास कोषको निर्णय



काठमाडौं । पशुपति क्षेत्र विकास कोषले वनकाली पार्किङको ठेक्का रद्द गर्ने निर्णय गरेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रलयमा बिहीबार बसेको विकास कोषको बैठकले पशुपति क्षेत्रअन्तर्गत वनकाली ओरालो क्षेत्रमा रहेको पार्किङ तत्व इन्भेष्टमेन्ट एण्ड सर्भिस प्रा।लिले सम्झौता पालान नगरेको भन्दै ठेक्का रद्द गर्ने निर्णय गरेको हो ।

कोषलाई बुझाउनुपर्ने बक्यौता पनि भुक्तानी नगरेको कोषले जनाएको छ । कोषका अनुसार सम्झौताअनुसार ठेक्का पाएको उक्त कम्पनीले मासिक ४ लाख ८३ हजार ३३ क्षेत्र विकास कोषलाई भुक्तानी गर्नुपर्नेमा लामो समयसम्म बक्यौता भुक्तानी गरेको छैन ।

कोष बैठकले एक महिनाभित्र बक्यौता उठाउने र ठेक्का पनि रद्द गर्ने निर्णय गरेको हो । ठेकेदार कम्पनी तत्व इन्भेष्टमेन्ट एण्ड सर्भिस प्रा।लि।को बैंक ग्यारेन्टीसमेत जफत गर्ने निर्णय गरिएको छ । कोषलाई कम्पनीले ३४ लाख ७४ हजार ११९ रुपैयाँ बुझाउन बाँकी रहेको छ ।

प्रकाशित मिति : २१ भदौ २०८०, बिहिबार  १ : ५२ बजे

भारतमा मुख्यधारका सञ्चारमाध्यमप्रति अविश्वास बढ्दो

नयाँदिल्ली । भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले

देउवा साउन २६ मा स्वदेश फर्किने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन

संसदीय समितिलाई अधिकारकर्मीको प्रश्न – अन्तर्राष्ट्रिय संस्थासँग होइन, सरकारसँग माग्नुस् जवाफ

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशमाथि राजनीतिक दबाब परेको भन्ने आरोपबारे

कांग्रेस विशेष महाधिवेशनको वैधानिकतामाथि पुनः सुनुवाइ हुने

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले यसअघि गरेको

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज