२० मंसिर २०८२, शनिबार | December 6, 2025

सैनामैना जेसीजको आयोजनामा हास्यब्यंग्य गाईजात्रा २०८० हुने



सैनामैना । सैनामैना जेसीज मुर्गिया रुपन्देहीको आयोजनामा हास्यब्यंग्य श्रृंखला गाईजात्रा २०८० हुने भएको छ ।

यही भदौ २३ गते सैनामैना २ स्थित बाबरी पार्टी प्यालेसमा हास्यब्यंग्य गाईजात्रा विशेष प्रस्तुती २०८० हुने भएको हो ।

सैनामैना जेसीज वर्ष २०२३ का प्रेसिडेन्ट जेसी यदुनन्द भण्डारीले नेपाल का ख्यातिप्राप्त हास्य कलाकार मनोज गजुरेल को साथमा अन्य हास्यव्यङ्ग्य कलाकारको प्रस्तुति रहने कार्यक्रम साँझ ४ बजे देखि सुरु हुने उक्त कार्यक्रमको ९० प्रतिशत तयारी पूरा भएको जानकारी दिए ।

भण्डारीले पेशा र ब्यवसायबाट सधै तनावमा रहने दैनिक जीवनशैलीलाई तनावबाट केही समयका लागि मुक्ती दिन र कहिलेकाँही हाँस्नुपनि स्वास्थ्यका लागि लाभदायक हुने भएकोले ख्यातिप्राप्त कलाकारसंग केही समयका लागि भएपनि सैनामैनाका स्थानीयलाई मनोरञ्जनको व्यवस्था मिलाएको बताए ।

गाईजात्रा विशेष कार्यक्रमलाई रोचक बनाउन नेपालकै प्रसिद्ध हास्यब्यंग्य कलाकारहरु मनोज गजुरेल, शैलेन्द्र सिम्खडा, टिका भण्डारी, सुवोध गौतम, रुबिना अधिकारी, मेक्सम गौडेल, सुन्दर खनाल, प्रभात लामा र सिता न्यौपाने आउने आयोजक सैनामैना जेसीजले जनाएको छ । गाईजात्रा हेर्न आउने दर्शकलाई १००० को टिकट शुल्क राखिएको छ ।

प्रकाशित मिति : २२ भदौ २०८०, शुक्रबार  ५ : ३१ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय