३ पुस २०८२, बिहिबार | December 19, 2025

दाइको अन्तिम संस्कार गरेर भारतबाट फर्किएका रौतहटका एक भाइको पनि कोरोना संक्रमणबाटै मृत्यु



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट रौतहटका एक जना युवकको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले कोरोनाबाट नेपालमा थप एक जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

रौतहट परवाह नगरपालिका ७ का ३६ वर्षीय युवाको बुधबारै दिउँसो साढे २ बजे उपचारका क्रममा मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए ।

उनका दाजुको पनि कोरोना संक्रमणबाट भारतमा मृत्यु भएको थियो । दाजुको अन्तिम संस्कारका लागि भारतको ब्याङ्लोर गएका ती युवा गत असार २४ गत नेपाल आएका थिए। नेपाल आएलगत्तै उनी रौतहटकै परवाह क्वारेन्टिनमा बसेका थिए।

तर, असार २९ गते रुघाखोजी, ज्वरो र स्वास्प्रश्वासमा समस्या देखिएपछि उनी नारायणी अस्पतालमा उपचारका लागि पुगेका थिए । त्यसलगत्तै उनलाई भर्ना गरिएको थियो । सोही दिन उनको स्वाब संकलन गरी हेटौँडास्थित किटजन्य प्रयोगशालामा परीक्षण गर्दा उनको रिपोर्ट पोजिटिभ आएको थियो

स्वास्थ्यमा निकै समस्या देखिएपछि बुधबार बिहानैदेखि उनलाई भेन्टिलेटरमा राखिएको थियो । तर दिउँसो साढे २ बजे उनको निधन भयो ।

यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ५ : ०३ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको