२५ फाल्गुन २०८२, सोमबार | March 10, 2026

दाइको अन्तिम संस्कार गरेर भारतबाट फर्किएका रौतहटका एक भाइको पनि कोरोना संक्रमणबाटै मृत्यु



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट रौतहटका एक जना युवकको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले कोरोनाबाट नेपालमा थप एक जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

रौतहट परवाह नगरपालिका ७ का ३६ वर्षीय युवाको बुधबारै दिउँसो साढे २ बजे उपचारका क्रममा मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए ।

उनका दाजुको पनि कोरोना संक्रमणबाट भारतमा मृत्यु भएको थियो । दाजुको अन्तिम संस्कारका लागि भारतको ब्याङ्लोर गएका ती युवा गत असार २४ गत नेपाल आएका थिए। नेपाल आएलगत्तै उनी रौतहटकै परवाह क्वारेन्टिनमा बसेका थिए।

तर, असार २९ गते रुघाखोजी, ज्वरो र स्वास्प्रश्वासमा समस्या देखिएपछि उनी नारायणी अस्पतालमा उपचारका लागि पुगेका थिए । त्यसलगत्तै उनलाई भर्ना गरिएको थियो । सोही दिन उनको स्वाब संकलन गरी हेटौँडास्थित किटजन्य प्रयोगशालामा परीक्षण गर्दा उनको रिपोर्ट पोजिटिभ आएको थियो

स्वास्थ्यमा निकै समस्या देखिएपछि बुधबार बिहानैदेखि उनलाई भेन्टिलेटरमा राखिएको थियो । तर दिउँसो साढे २ बजे उनको निधन भयो ।

यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ५ : ०३ बजे

देशका विभिन्न ठाउँमा वर्षा, भोलि यी ठांउमा हुने छ वर्षा

काठमाडौँ । नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली

रवि र बालेन्द्रसंग मोदीको टेलिफोन संवाद, मिलेर काम गर्ने प्रतिबद्धता

नेपालगन्ज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रास्वपा सभापति रवि लामिछाने

धनुषा-१ : नेकपाका मातृकाले पाए निर्वाचित भएको प्रमाणपत्र

काठमाडौँ । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ मा नेकपामा

शान्तिपूर्ण निर्वाचनमा प्रहरीको भूमिका प्रशंसनीय : महानिरीक्षक कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण,

प्रतिनिधिसभा सदस्य निर्वाचन : काठमाडौँमै आठ हजार १९७ मत बदर

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा