२४ भदौ २०८३, बुधबार | September 10, 2026

मोटरसाइकल दुर्घटनामा अनेरास्ववियुका दुई नेताको मृत्यु



काठमाडौं । अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको सुकुटेमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।

शनिबार दिउँसो १ बजेतिर सुकुटेको घुम्ने भन्ने स्थानमा पेट्रोल ट्यांकर र मोटरसाइकल आपसमा ठोक्किँदा अनेरास्ववियु सिन्धुपाल्चोकका सहसंयोजक नवीन पाण्डे र जिल्ला कमिटी सदस्य समीर दोङ घाइते भएका थिए। उनीहरूलाई धुलिखेल अस्पताल ल्याइएकोमा उपचारका क्रममा निधन भएको हो।

खाडीचौरबाट काठमाडौं आउँदै गरेको ना ८ ख ३७५ नम्बरको पेट्रोल ट्यांकर र खाडीचौरतर्फ गइरहेको प्रदेश २-०३१ प ५९७६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको हो। ट्यांकर चालकलाई नियन्त्रणमा लिइएको छ।

प्रकाशित मिति : ३० भदौ २०८०, शनिबार  ६ : ४५ बजे

दिवंगत आमाको स्मृतिमा अक्षयकोष

नेपालगन्ज । क्यान्सर रोगबाट अल्पआयु मै दिवंगत भएकी विष्णादेवी जैसीको

एमाले अध्यक्ष ओलीद्वारा बालकोटस्थित निवासको अवलोकन

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेन्जी

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया

रसुवा । दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको