११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

क्यानडाबाट एनआरएनए महिला संयोजकमा गायिका देविका केसीको उम्मेदवारी



क्यानडा । गैर आवासीय नेपाली संघ (एनआरएनए) को अक्टोबर महिनामा हुने महाधिवेशनमा चर्चित लोक गायिका देविका केसीले महिला संयोजक पदमा उम्मेदवारी घोषणा गरेकी छन ।

एनआरएनए एनसिसी कतारको उपाध्यक्षपछि हाल क्यानडालाई कर्मथलो बनाएकी केसीले प्रवासमा लोक सङ्गितको माध्यमबाट नेपाली कला संस्कृति प्रवर्दनमा  महत्वपूर्ण भूमिका खेल्दै आएकी छन ।

एनआरएनएले संचालन गरेका विभिन्न परियोजनाहरुमा सक्रिय सहभागि भएर काम गरेकी केसी नेपाली समुदायले गर्ने हरेक जसो कार्यक्रममा मनोरन्जन दिन पुग्ने गरेकी छन । विदेशमा बस्ने नेपाली महिला दिदीबहिनीहरुलाई जागृत गर्दै आएकी केसी डायस्पोरामा गायिका संगै सामाजिक अभियन्ताका रुपमा चर्चा कमाएकी महिला अभियन्ता हुन ।

उनले नेपाल र विश्वमा रहेका र समस्यामा परेका कलाकर्मीहरुलाई सहयोग जुटाउने अभियान चलाउने, महिला, बालबालिका, असक्त बिरामीहरुलाई सहयोग गर्दै आएकि छन ।  गैर आवासीय नेपाली संघ कतारको महिला उपाध्यक्ष र आइसिसी सदस्य हुँदै यस अभियानमा  निरन्तर सक्रिय केसी हाल क्यानडाको नेपाली समुदायमा सामाजिक कार्यमा सक्रिय रहेकी छन ।

केसीले आगामी महाधिवेसनमा एनआरएनए अभियन्ताहरु र प्रतिनिधिहरुको सुझावअनुसार संघभित्र महिला नेतृत्वलाई सशक्त बनाउने उदेश्यले अन्तराष्ट्रिय महिला संयोजकमा उम्मेदवारी दिएको बताइन ।

लामो समयबाट विदेशमा रहेका महिला दिदीबहिनीहरुका सुख दुःख को साक्षी र एनआरएन अभियानलाई नजिकबाट बुझेकोले महिला संयोजकमा आफु उपयुक्त व्यक्ती भएकोले उम्मेदवारी दिएको बताउछिन  ।

विश्वका विभिन्न देशमा सामाजिक क्षेत्रमा क्रियाशील महिलाहरु र अन्य एनआरएन अभियन्ताहरुको सल्लाह सुझाव अनुसार आफुले उम्मेद्बारी घोषणा गरेकोले महिला संयोजक पदमा आफुलाई समर्थन गर्न सबै एनआरएनए अभियन्ताहरुलाई अनुरोध गरेकी छन । केसीले अहिलेसम्मको माहोल हेर्दा आफ्नो विजय निश्चित भएको दाबी गर्छिन  ।

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलबार  ७ : ५० बजे

सर्वोच्चको आदेश : ‘देउवा दम्पत्तिलाई पक्राउ नगर्नु’

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर

शिक्षामन्त्री पोखरेलसँग राजदूतहरुको शिष्टाचार भेट

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग युरोपेली सङ्घ (इयू)

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि

बुटवलमा जेठ १५ र १६ गते दोस्रो जिल्ला स्तरीय खुला पुरुष डोरी तान प्रतियोगिता हुने

बुटवल । नेपाल खेलकुद महासंघ रुपन्देहीको आयोजनामा आगामी जेठ १५

एसईईमा ‘फोर जीपीए’ ल्याउने ४७ विद्यार्थीलाई बुटवल उपमहानगरद्वारा सम्मान

बुटवल । बुटवल उपमहानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा