२ पुस २०८२, बुधबार | December 17, 2025

कोभिड-१९ का कारण भैरहवा भन्सार राजस्वको लक्ष्य प्राप्त गर्न असफल



भैरहवा । कोभिड १९ को नकारात्मक प्रभाव मानव जीवनसँगै राजश्व असुलीमा पनि देखिएको छ ।

हरेक वर्ष लक्ष्य भन्दा बढी भन्सार राजश्व उठाउने रुपन्देहीको भैरहवा भन्सारले गत आर्थिक वर्षमा भने भन्सार विभागले दिएको लक्ष्य समेत हासिल गर्न नसकेको पाईएको छ ।

विभागले भन्सार कार्यालय भैरहवालाई आर्थिक बर्ष २०७६/०७७ मा १ खर्व ६ अर्व ८९ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएकोमा विभागले दिएको लक्ष्यभन्दा करिब ३५ अर्ब ७१ करोड कम राजस्व संकलन गर्न सकेको छ ।

आ।व ७६/७७मा भन्सारले ६६.३१ प्रतिशत मात्र राजश्व असुली गरेको भन्सार कार्यालय भैरहवाले जानकारी दिएको छ ।

कोभिड-१९ को संक्रमण रोकथामका लागि सरकारले लगाएको लकडाउनका कारण भैरहवा भन्सारको राजस्व असुली प्रभावित भएको हो । चैत ११ देखि नेपालमा र त्यसपछि भारतमा लकडाउन भएपछि देशको दोस्रो ठुलो नाका भैरहवा भन्सार कार्यालयको राजस्व असुलीमा प्रत्यक्ष असर परेको हो ।

नेपाल र भारत दुबै देशमा लकडाउन भएपछि भारत तथा तेस्रो मुलुकबाट पहिलेको तुलनामा कम मालवस्तु आएका कारण राजश्व कम भएको भैरहवा भन्सार कार्यालयका सुचना अधिकारी भन्सार अधिकृत पुर्णप्रसाद लम्सालले जानकारी दिए ।

सरकारले गरेको लकडाउनका कारण मालवस्तुको आयात–निर्यातमा नेपाल वा भारत सरकारले कुनै अवरोध वा रोक नलगाए पनि मालवस्तुको आयातमा कमी आएको उनले बताए ।

आर्थिक बर्ष २०७६/०७७ मा भन्सारले दैनिक औसतमा १९ करोड राजश्व असुली गरेको छ । यस्तै भन्सारले लकडाउनको १ सय १२ दिनमा चैत ११ देखि असार मसान्त सम्ममाा ९ अर्ब ३५ करोड ४४ लाख मात्र राजस्व संकलन गर्न सकेको छ । लकडाउनमा भन्सारले दैनिक औसत ८ करोड २१ लाख राजश्व संकलन गरेको छ ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहिबार  १० : ०१ बजे

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि

‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’

काठमाडौं । नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको

क्यान्सर अस्पताललाई चिनियाँ सहयोग

काठमाडौं । यहाँस्थित चिनियाँ दूतावासले भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर