३० जेष्ठ २०८३, शनिबार | June 14, 2026

विश्व रेबिज दिवसमा बुटवलमा प्रभातफेरी तथा अन्तरक्रिया



बुटवल । प्रत्येक बर्ष सेप्टेम्बर २८ तारिखलाई संसारभर विश्व रेबिज दिवसको रूपमा मनाईन्छ । सोही अनुसार बुटवलमा प्रदेशको पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय र नेपाल लाईभस्टक सेक्टर ईनोभेसन आयोजना बुटवलमो मुख्य आयोजना र अन्य निकायको सहकार्यमा प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

बुटवलको मिलनचोकमा रहेको पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय बाट सुरु भएको प्रभातफेरी बुटवल उपमहानगरपालिकामा गएर अन्तरक्रिया कार्यक्रममा परिणत भएको थियो ।

रुपन्देही स्थिति विभिन्न पशुपंक्षि क्षेत्रका कार्यालय, संघ संस्थाहरुका प्रमुख तथा प्रतिनिधि सहित पक्लिहवा कृषि क्याम्पस भैरहवाका विद्यार्थीहरुको सहभागीतामा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो ।

नियमित रेबिजविरुद्धको खोप लगाउँ, रेविज हुन बाट बचौं सहित का विभिन्न चेतानामुलक, सन्देशमुलक प्लेकार्ड, व्यानर सहितको प्रभातफेरी बुटवलको मिलनचौकबाट नयाँ बसपार्क, अस्पताल लाईन, ट्राफिक चौक, हटाबजार लाईन हुँदै बुटवल उपमहानरपालिका रहेको स्थान बुटवल-४ मा पुगेर अन्तरक्रिया मा परिणात भएको थियो ।

जिल्ला संम्वनय समितिका प्रमुख तथा पशु प्राविधिक समेत रहेका उमाकान्त चपाईंले कार्यक्रममा बोल्दै रेविजबाट बच्नको लागि खोप नै प्रमुख विकल्प भएको बताएका थिए । कार्यक्रममा बुटवल उपमहानरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले छाडा चौपायबाट रेबिज सर्ने संभावना उच्च रहेको भन्दै नगरपालिकाले छाडा चौपाया व्यवस्थापनमा लागिपरेको बताइन ।

कार्यक्रममा प्रदेशको कृषि तथा भुमि व्यवस्था मन्त्रालयका प्रवक्ता, प्रमुख नापी अधिकृत भूमिश्रोत नक्सांकन महाशाखा प्रमुख अनिल मरासीनी, पशुपंक्षि तथा मत्स्य विकास महाशाखा प्रमुख घनश्याम चौधरी, नेपाल लाईभस्टक सेक्टर ईनोभेसन आयोजना बुटवलका प्रमुख वरिष्ठ पशु चिकित्सक डा. गान्धीराज उपाध्याय, पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय बुटवलका प्रमुख डा. प्रवेश सिंह कुँवर लगायतले आ-आफ्नो भनाई राखेका थिए । कार्यक्रममा डा. भरत काफ्लेले रेबीज रोगको विषयमा कार्यपत्र प्रस्तुत गर्दै यसबाट बच्ने उपाय लगायतको विषयमा आ आफ्नो भनाई राखेका थिए ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहिबार  ४ : ५३ बजे

प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न तोकिएको समयसीमाभित्र

अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण

काठमाडौँ । सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ का

पाल्पामा ८४२ एचआइभी सङ्क्रमित : नियमित औषधि सेवन गर्ने ३५४ जना

तानसेन । जिल्लामा हालसम्म ८४२ जना ह्युमन इम्युनोडेफिसिएन्सी भाइरस (एचआइभी)

आइएमई २६ औँ वर्षमा, रेमिटेन्स सेवालाई सामाजिक-आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

काठमाडौं। नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बनेको ‘आइएमई’ ले स्थापनाको २६