१८ असार २०८३, बिहिबार | July 2, 2026

१९ औं एसियाली खेलकुद : भारतविरुद्ध पहिले बलिङ गर्दै नेपाल



काठमाडौं । चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) मा नेपाली राष्ट्रिय क्रिकेट टिमले भारत विरुद्ध टस हारेको छ ।

झेजिङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डको मैदानमा भएको टसमा भारतीय कप्तान ऋतुराज गायकवाडले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् । नेपाली टोलीमा करण केसी र अभिनास बोहरा टिममा रहँदा विनोद भण्डारी र ललित राजवंशी बेन्चमा रहेका छन् ।

नेपालले समूहचरणमा मंगोसियालाई २ सय ७३ र माल्दिभ्सलाई १ सय ३८ रनको विश्व कीर्तमानी स्कोरले हराउँदै क्वाटरफाइनल प्रवेश गर्दा भारतले भने सिंधै क्वाटरफाइनलमा स्थान बनाएको हो ।

भारतले आफ्नो दोस्रो रोजाइको टिम चीनमा पठाएको छ । ऋतुराज गायकवाडको कप्तानीमा रहेको टिममा अधिकांस खेलाडीले राष्ट्रिय टिमको अनुभव बटुलिसकेका छन् । साथै आइपिएलमा धुवाँधार प्रदर्शन गरेकाले भारतीय टिम उपाधि दाबेदार हो । नेपालले टी-२० अन्तराष्ट्रियमा पहिलो पटक भारत विरुद्ध खेल्न लागेको हो ।

नेपाल लगातार दोस्रो महिना भारतसँग खेल्न लागेको हो । अघिल्लो महिना एसियाकप क्रिकेटमा नेपालले एकदिवसीय खेलमा भारत र पाकिस्तानको सिनियर टिमसँग प्रतिस्पर्धा गरेको थियो ।

क्वाटरफाइनलमा सबै टेस्ट टिमले सोझै स्थान बनाउँदा सबै टेस्ट टोलीले विश्वकपको कारण दोस्रो रोजाईको टोली पठाएका छन् ।

 

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ६ : ५३ बजे

पेट्रोलपम्प बन्द गर्नेलाई १० लाख जरिवाना र १५ दिन बिक्रीवितरण रोक्का

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको निर्वाध बिक्रीवितरणमा व्यवधान गर्ने पेट्रोलपम्पलाई

रसुवागढी नाकाको मितेरी पुलबाट आजदेखि सवारी सञ्चालन

रसुवा । बेलीब्रिज परीक्षणका लागि यही असार १५ गतेदेखि रोकिएका

अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दुई प्रतिशते घट्यो

काठमाडौँ । यातायात व्यवस्था विभागले गत असार १७ गते मध्यरातिदेखि

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

खजुरा । पत्रकार एवं समाजसेवी जयपति ढकालले सुशील कोइराला प्रखर

सहकारी (पहिलो संशोधन) विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभा बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ बहुमतले