१६ चैत्र २०८२, सोमबार | March 30, 2026

करोडौं ठगी गर्न सफल ‘नटवरलाल’ जिन्दल प्रहरीको फन्दामा



काठमाडौं । झापा, बारा, पर्सा, सर्लाही बस्ने २२ जना व्यक्तिहरुबाट ७ करोड ८१ लाख ४२ हजार रुपैयाँ बराबर ठगी फरार रहेका एकजना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

झापा दमक नगरपालिका-७ कृष्णसमन्दिर घर भएका २९ वर्षीय मनिष अग्रवाल भन्ने चन्दन जिन्दललाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले उनलाई भक्तपुर मध्यपुर ठिमि नगरपालिका-३ गठ्ठाघरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाएको छ ।

अभियुक्त जिन्दलले २२ जना व्यक्तिहरुबाट ७ करोड बढी रकम ठगी गर्नुका साथै तथा बारा, पर्साका बिभिन्न खाद्यान्न व्यापारीहरुलाई बिश्वासमा लिई उधारोमा खाद्यान्न ल्याई काठमाडौंका व्यापारीहरुलाई खरिद मूल्य भन्दा पनि सस्तोमा नगदमा बिक्री गर्ने गरेको भेटिएपछि उनी बिरुद्ध ठगीको मुद्दा परेको थियो । प्रहरीका अनुसार उनले झापामा जमिन र हार्डवयर व्यवसायमा ठगी गरेको अनुसन्धानबाट खुल्न आएको छ । पत्रकाउ परेका जिन्दल बिरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा बैंकिङ कसुर मुद्दा दर्ता भई उच्च अदालत जनकपुर अस्थायी इजलाश वीरगन्जबाट र इलाका प्रहरी कार्यालय दमक झापामा ठगी मुद्दा दर्ता भई झापा जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएको थियो ।

पक्राउ जिन्दललाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय बारा पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ९ : १८ बजे

बिहीबार सङ्घीय संसद् बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले यही चैत १९ गते बिहीबार दिउँसो २ः००

महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नेकपा एमालेका सचिव महेश बस्नेतलाई

खजुरामा ‘प्रथम खजुरा गोल्ड कप’ सञ्चालन हुँदै

खजुरा । खेलकुदको क्षेत्रमा मुलुकमै योगदान गरेको बाँकेको खजुरामा पहिलो

नागरिकसँग शिष्ट बोली, बचन एवं व्यवहार गर्न प्रहरीलाई गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका

ओलीको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश, तत्काल छोड्न अस्वीकार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बन्दी प्रत्यक्षीकरण