१ पुस २०८२, मंगलबार | December 16, 2025

कर्णाली प्रदेश विपद कोषमा सूर्य नेपालको एक करोड सहयोग



सुर्खेत । बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल प्रालीले कर्णाली प्रदेश सरकारलाई कोरोना भाइरस विरूद्धको लडाईंका लागि १ करोड रूपैयाँ सहयोग गरेको छ ।

सुर्य नेपाल प्रा.लि.ले सामाजिक उत्तरदायित्वअन्तर्गत कर्णाली प्रदेश विपद् कोषमा शुक्रबार एक करोड रकम सहयोग गरेको हो ।

कर्णाली प्रदेश विपद् कोषमा निजी क्षेत्रबाट प्रदान गरिएको यो नै अहिले सम्मकै सबैभन्दा धेरै नगद रकम सहयोग हो ।

एक कार्यक्रमबीच कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई सूर्य नेपालका क्षेत्रीय प्रतिनिधिहरूले संयुक्त रूपमा उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

कोरोना संक्रमण रोकथाम, नियन्त्रण, राहत र उपचारका लागि कर्णाली प्रदेश सरकारले स्थापना गरेको विपद् कोषमा सूर्य नेपालको यति ठूलो रकम जम्मा भएको हो ।

चेक हस्तान्तरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले कोरोनाले निजी क्षेत्र समेत प्रभावित भएको अवस्थामा पनि हातेमालो गर्दै सहयोग गर्ने सबैप्रति हार्दिक धन्यवाद दिए । मुख्यमन्त्री शाहीले सूर्य नेपाल प्रा.लि. जस्तो बहुराष्ट्रिय कम्पनीले नाफासँगै सामाजिक उत्तरदायित्व निर्वाह गरेकोमा खुशी व्यक्त गर्दै प्रशंसा गरे ।

सूर्य नेपाल प्रा.लि. को तर्फबाट क्षेत्रीय विक्रि प्रवन्धक दामोदर शर्मा, कर्णाली प्रदेश इन्चार्ज दिनेश शाह, सुर्खेतका अधिकृत विक्रेता सिर्जना स्टोरका प्रोपराईटर विष्णु बहादुर शाही र देउती एजेन्सीका प्रोपराईटर टेक बहादुर भण्डारीले कार्यक्रममा उपस्थित थिए ।

कोरोना भाईरसको रोकथाम, नियन्त्रण, उपचार र राहतका लागि सात वटै प्रदेशमा स्थापित कोषमा सुर्य नेपाल प्रा.लि. को तर्फबाट एक/एक करोड रकम सहयोग गरिएको क्षेत्रीय विक्रि प्रवन्धक शर्माले जानकारी दिए ।

अधिकृत विक्रेता सिर्जना स्टोरका प्रोपराईटर विष्णु बहादुर शाहीले कम्पनीसँगको सरसल्लाहमा यहाँका जनतालाई राहत पु-याउन सानो भएपनि सहयोग रकम प्रदेश सरकारको कोषमा जम्मा गर्न सफल भएको बताए ।

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालले चुरोड, मंगलदीप अगरबत्ती, तीर सलाई र ट्रफी चक्लेट उत्पादन तथा बिक्रि वितरण गर्दै आएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ९ : २४ बजे

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि