३० जेष्ठ २०८३, शनिबार | June 14, 2026

माछापुच्छ्रे बैंकको पच्चीसौँ वार्षिक साधारण सभा सम्पन्न



 

काठमाडौ । माछापुच्छ्रे बैंकको पच्चीसौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण सभाले बैंकको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिबेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०८०/८१ को लागि जि.पि.राजबहाक एण्ड कम्पनी लेखापरीक्षक नियुक्ती गर्ने निर्णय गरेको छ ।

बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई गत आ.व.को मुनाफबाट रु. १,३६,४२,०१,६९२/— (चुक्ता पूँजीको १३.३० प्रतिशत) बोनस शेयर र रु. ७,१८,००,०८९/— (चुक्ता पूँजीको ०.७० प्रतिशत) नगद लाभांश (कर प्रयोजनको लागि) गरी जम्मा १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै साधारणसभाले माछापुच्छ«े बैंक लि. र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिने सम्बन्धि कार्यको लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय समेत गरेको छ ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६२ करोड ५५ लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी १५ रुपैंया ८५ पैसा कायम गरेको थियो । हाल बंैकको चुक्ता पूँजी १० अर्ब २५ करोड रुपंैया तथा साधारण जगेडा कोषमा २ अर्ब ६९ करोड रुपंैया संचित रहेको छ ।

उक्त साधारण सभामा बोल्दै बैंकका अध्यक्ष डा.उपेन्द्र महतोले देशको आर्थिक स्थितीलाई मजबुत बनाउन बैंकको तर्फबाट यथासक्य योगदान पु¥याउने उद्धेश्यका साथ सन्तुलित रुपमा निक्षेप तथा कर्जा लगानीलाई वृद्धि गरी कर्जाको गुणस्तरमा सुधार गर्दै कृषि, नवीकरणीय उर्जा, साना तथा मझौला उद्योग लगायतका क्षेत्रहरुमा आफ्नो लगानी विस्तार गर्ने कार्यलाई प्राथमिकतामा राख्दै शेयरधनीहरुलाई समेत उचित प्रतिफल प्रदान गर्ने रणनीतिमा बैंक सदैव लागि परेको जानकारी गराए ।

डा.महतोले नेपाल राष्ट्र बैंकले अवलम्बन गरेको नीति अनुरुप बैंकले मर्जरको लागि प्रयत्न गरिरहेको जानकारी गराउनु हुंदै बैंक सधै अर्थपुर्ण मर्जरका लागि सकारात्मक रही सोही बमोजिम छलफलहरु समेत गर्दै आइरहेको जानकारी गराए ।

उक्त कार्यक्रममा बैंक संचालक समितिका सदस्यहरु श्री मुकुन्द महत र जयमुकुन्द खनाल ज्यूले आ–आफ्नो मन्तव्य राख्दै बैंकले आफ्नो आन्तरिक तथा बाह्य लेखापरिक्षण कार्यलाई नियमित बनाई बैंकको वित्तीय अवस्थालाई थप पारदर्शी बनाएकोमा खुसी ब्यक्त गर्दै आगामी दिनमा यस्ता कार्यहरुलाई निरन्तरता दिने कार्यमा संचालक समितिको साथ रहिरहने कुरामा विश्वास का साथ प्रतिबद्धता समेत व्यक्त गरे ।

साथै बैंकलाई आजको स्थानमा ल्याई पुर्याउन सहयोग गर्नु हुने सम्पूर्ण निकायहरु, ग्राहक महानुभावक एंव शुभचिन्तकहरुलाई हृ्रदय देखि नै धन्यवाद ज्ञापन गर्नुभयो । उक्त साधारण सभामा संस्थापक एंव साधारण शेयरधनीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहिबार  ८ : १४ बजे

प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न तोकिएको समयसीमाभित्र

अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण

काठमाडौँ । सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ का

पाल्पामा ८४२ एचआइभी सङ्क्रमित : नियमित औषधि सेवन गर्ने ३५४ जना

तानसेन । जिल्लामा हालसम्म ८४२ जना ह्युमन इम्युनोडेफिसिएन्सी भाइरस (एचआइभी)

आइएमई २६ औँ वर्षमा, रेमिटेन्स सेवालाई सामाजिक-आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

काठमाडौं। नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बनेको ‘आइएमई’ ले स्थापनाको २६