७ आश्विन २०८३, बुधबार | September 23, 2026

नेपाल समृद्ध बनाए मात्र नेपालीले सुख पाउने बाटो खुल्छ : ओली



काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई समृद्ध बनाएपछि मात्रै नेपालीले सुख प्राप्त गर्ने बाटो खुल्ने बताएका छन् । विश्व आदिवासी दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले राष्ट्रलाई समृद्धिको गन्तव्यमा अघि बढाउन सबैको सहभागिता आवश्यक रहेको बताएका हुन् ।

उनले राष्ट्रको समृद्धिको यात्रामा केही समय अवरोध आए पनि लामो समयसम्म यस्तो अवस्था कायम रहन नसक्ने उल्लेख गरेका छन् । ओलीले दशकौँ लामो संघर्ष र बलिदानबाट स्थापित समावेशी प्रतिनिधित्व, न्याय र समानतामा आधारित संविधानको रक्षा र सुदृढीकरण गर्ने दायित्व सबैको भएको बताएका छन् ।

उनले नेपालका सबै समुदायको सहभागितामा देशलाई समृद्ध बनाउने दिशामा विगतमा सफलता हासिल हुँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिनुपर्ने बताएका छन् ।

३२ औँ विश्व आदिवासी दिवसका अवसरमा ओलीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण आदिवासी समुदायका दिदीबहिनी तथा दाजुभाइलाई शुभकामना व्यक्त गरेका छन् ।

उनले विश्व आदिवासी दिवस आदिवासी समुदायको हक, अधिकार, संस्कृति र विशिष्ट पहिचानलाई संयुक्त राष्ट्रसङ्घले लिपिबद्ध गरेको ऐतिहासिक दिन भएको बताएका छन् ।

नेपाल जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधताले सम्पन्न मुलुक भएको उल्लेख गर्दै ओलीले यस बहुसांस्कृतिक विशेषतालाई विभाजनको आधार नभई राष्ट्रिय एकता र शक्तिका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

सदियौँदेखि कायम रहेको आपसी मेलमिलाप, भाइचारा र सहअस्तित्वको परम्परालाई थप प्रगाढ बनाउँदै विविधताबीच राष्ट्रिय एकता कायम गर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २४ श्रावण २०८३, आइतबार  ८ : ३० बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई