३ पुस २०८२, बिहिबार | December 18, 2025

एफवान सफ्ट ग्रुप सँग तीन राष्ट्रिय क्रिकेट खेलाडी ब्रान्ड एन्डोर्सरको रूपमा आवद्ध



काठमाडौ । एफवान सफ्ट ग्रुप, नेपालको अग्रणी फिनटेक समूहले, तीन प्रख्यात नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरूसँग ब्रान्ड एन्डोर्सरको रूपमा सम्झौता हस्ताक्षर समारोह गरेको छ।

एफवान सफ्ट ग्रुप को सहायक कम्पनीहरू फोनपे, ईसेवा र ईसेवा मनि ट्रान्सफरले क्रमशः कुशल भुर्तेल, रोहित कुमार पौडेल र दीपेन्द्र सिंह ऐरी सँग, सो खेलाडिहरूको यात्रालाई सशक्त बनाउने उद्देश्यले सम्झौता गरेको छ।

क्रिकेटरहरु सँगको यस सम्झौता हस्ताक्षर यहि असोज १८ गते एफवान सफ्ट ग्रुप का निर्देशक सुवास शर्मा, ईसेवा का चिफ बिजनेस अफिसर आशिष गौतम, ईसेवा मनि ट्रान्सफरका बिजनेस अपरेशन म्यानेजर सुमित भण्डारी र फोनपेका चिफ बिजनेस अफिसर सुमित दासको उपस्थितिमा भएको थियो।

यस साझेदारीको साथ, एफवान सफ्ट ग्रुपले नेपालको क्रिकेट खेलमा आफ्नो जीवन समर्पण गरेका खेलाडीहरूलाई भरपुर साथ दिने लक्ष्य राखेको छ।

एफवान सफ्ट ग्रुप, यस सहकार्यको साथ मैदानमा खेलाडिहरुको प्रदर्शन बढाउन मद्दत गर्न मात्र नभई, खेलाडीहरूको मनोबल सुनिश्चित गर्न पनि प्रतिबद्ध छ। खेलाडीहरुको आकांक्षालाई प्राथमिकता दिएर, यो साझेदारीले खेलाडीहरुको क्षमता लाई अझै सशक्त बनाउन खोजेको छ र यसो गर्दा, नेपाली क्रिकेट जगत कै उथ्थान हुने आशयका साथ एफवान सफ्ट ग्रुप अगाडि बढेको छ।

खेलाडिहरुले सही समर्थन पाउनाले अन्तर्राष्ट्रिय स्तरमा अझै उल्लेखनीय उपलब्धि हासिल हुन सक्नुको साथ साथै सारा देशले गौरव गर्ने बाटोको सृजना हुने विस्वास यसै साझेदारी बाट झल्किएको छ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ४ : ५४ बजे

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका

ओलीको ह्याट्रिक, दुई तिहाई बढी मतले एमाले अध्यक्षमा विजयी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक

अध्यक्षमा केपी ओली सहज विजयउन्मुख अवस्थामा

काठमाडौँ । नेकपा एमालेको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भइरहेको मतगणनामा

महाकाली पुल र बस्ती बचाउन तटबन्धको काम वर्षायाम अघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ

कञ्चनपुर। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र