२ श्रावण २०८३, शनिबार | July 18, 2026

नेपाल र रोमानियाबीच श्रम समझदारी



काठमाडौं । नेपाल र युरोपेली मुलुक रोमानियाबीच श्रम समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी र रोमानियाका श्रममन्त्री सिमोना बुकुरा अप्रेस्कुले आज रोमानियास्थित श्रम मन्त्रालयमा हस्ताक्षर गरेका छन्।

रोमानिया नेपाली श्रमिकका लागि आकर्षित र सुरक्षित श्रम गन्तव्यका रुपमा परिचित छ । नेपाल र रोमानियाबीच कूटनीतिक सम्बन्ध कायम भएको ५५ वर्ष पछि दुई देशबीच श्रम समझदारी भएको हो ।

दोहोरो करार, आधारभूत अङ्ग्रेजी भाषाको ज्ञान तथा व्यावसायिक सीपलगायत विषयमा आपसी समन्वय र सहकार्यबाट समाधान र व्यवस्थापन गर्न दुवै मुलुकबीच सहमति भएको छ । दुवै मुलुकका आप्रवासी कामदारले रोमानियाका नागरिकसरह सामाजिक सुरक्षाको उपभोग गर्न पाउने तथा दुवै पक्षको श्रमसँग सम्बन्धित निकायबीच समन्वय र सहकार्य गरी द्विपक्षीय श्रम समझदारीको प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरले राससलाई जानकारी दिए ।

हस्ताक्षर समारोहमा श्रम मन्त्रालयका सचिव केवलप्रसाद भण्डारी, जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्का र रोमानियास्थित नेपालका अवैतनिक वाणिज्यदूत नवराज पोखरेल तथा रोमानिया सरकारका श्रमसँग सम्बन्धित विभिन्न निकायका उच्च अधिकारीको सहभागिता रहेको प्रवक्ता घिमिरेले बताए ।

त्यसअघि भएको द्विपक्षीय वार्तामा श्रममन्त्री भण्डारीले नेपाली कामदारसँग सरोकारका विषय, द्विपक्षीय श्रम समझादारीको आवश्यकता र प्रभावका बारेमा नेपालको अवधारणा प्रस्तुत गरेका थिए । रोमानियाका श्रम मन्त्री सिमोनाले नेपाली कामदारको हकहित सुरक्षा सुनिश्चित गर्ने प्रतिबद्वता व्यक्त गर्दै आफ्नो देशमा उलेख्य सङ्ख्यामा नेपाली कामदार माग रहेको र पारदर्शीरुपमा कामदार छनोट गरिने तथा छोटो अवधिमा कामदार ल्याउने प्रक्रियामा समन्वय र सहकार्य गर्न आफू आतुर रहेको बताएका थिए।

रोमानियाले नेपालमा चाँडै आफ्नो राजदूतावास स्थापना गर्न चाहेको जानकारी दिएको थियो । त्यसबाट आप्रवासी कामदारको माग प्रमाणीकरण, प्रवेशाज्ञा जारी गर्न सहज हुनेछ । रोमानियामा नेपाली श्रमिकका लागि सम्भावित सीपयुक्त श्रम बजारको पहिचान गर्नका साथै महिला श्रमिकसमेतलाई लक्षित गरी सुरक्षित वैदेशिक रोजगारी प्रवद्र्धन गर्ने कार्यलाई प्राथमिकतामा राखी आपसी सहकार्य गर्नेबारेमा कुराकानी भएको थियो ।

रोमानियामा ठूलो सङ्ख्यामा आप्रवासी कामदारको माग रहेको, त्यहाँ १५ हजार पाँच सय ९० नेपाली कामदार कार्यरत छन् । नेपालीको कार्य स्वभाव, इमान्दारी र लगनशीलतालाई दृष्टिगत गरी त्यहाँका रोजगारदाताले कृषि, निर्माण एवं सेवा क्षेत्रमा अवसर प्रदान गर्दै आएका छन् ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ८ : १० बजे

मनसुन प्रतिकार्य कमाण्ड पोष्ट बैठक : २३ जिल्लामा रातिमा सवारी आवागमन रोक लगाउन निर्देशन

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अतिभारी

मुग्लिन-नारायणगढ सडकमा सवारीसाधन संचालनमा रोक

काठमाडौँ । शनिबार राति १० बजेदेखि अर्को सूचना जारी नभएसम्म

उजुरी र भिडियोपछि नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक

‘क्यामेरा, बुम, परिचयपत्र’ बोकेपछि जहाँसुकै स्वतः पहुँच पुग्छ भन्नु गलत मानसिकता’

नेपालगन्ज । पत्रकारिताको नाममा भइरहेका केही गैरजिम्मेवार र आचार संहिता

प्रचण्ड र श्रीलंकाको सत्तारुढ जेभीपीका महासचिव सिल्भाबीच भेटवार्ता

कोलम्बो । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा नेपालका पूर्वप्रधानमन्त्री पुष्पकमल