१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

नेपाल र रोमानियाबीच श्रम समझदारी



काठमाडौं । नेपाल र युरोपेली मुलुक रोमानियाबीच श्रम समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी र रोमानियाका श्रममन्त्री सिमोना बुकुरा अप्रेस्कुले आज रोमानियास्थित श्रम मन्त्रालयमा हस्ताक्षर गरेका छन्।

रोमानिया नेपाली श्रमिकका लागि आकर्षित र सुरक्षित श्रम गन्तव्यका रुपमा परिचित छ । नेपाल र रोमानियाबीच कूटनीतिक सम्बन्ध कायम भएको ५५ वर्ष पछि दुई देशबीच श्रम समझदारी भएको हो ।

दोहोरो करार, आधारभूत अङ्ग्रेजी भाषाको ज्ञान तथा व्यावसायिक सीपलगायत विषयमा आपसी समन्वय र सहकार्यबाट समाधान र व्यवस्थापन गर्न दुवै मुलुकबीच सहमति भएको छ । दुवै मुलुकका आप्रवासी कामदारले रोमानियाका नागरिकसरह सामाजिक सुरक्षाको उपभोग गर्न पाउने तथा दुवै पक्षको श्रमसँग सम्बन्धित निकायबीच समन्वय र सहकार्य गरी द्विपक्षीय श्रम समझदारीको प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरले राससलाई जानकारी दिए ।

हस्ताक्षर समारोहमा श्रम मन्त्रालयका सचिव केवलप्रसाद भण्डारी, जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्का र रोमानियास्थित नेपालका अवैतनिक वाणिज्यदूत नवराज पोखरेल तथा रोमानिया सरकारका श्रमसँग सम्बन्धित विभिन्न निकायका उच्च अधिकारीको सहभागिता रहेको प्रवक्ता घिमिरेले बताए ।

त्यसअघि भएको द्विपक्षीय वार्तामा श्रममन्त्री भण्डारीले नेपाली कामदारसँग सरोकारका विषय, द्विपक्षीय श्रम समझादारीको आवश्यकता र प्रभावका बारेमा नेपालको अवधारणा प्रस्तुत गरेका थिए । रोमानियाका श्रम मन्त्री सिमोनाले नेपाली कामदारको हकहित सुरक्षा सुनिश्चित गर्ने प्रतिबद्वता व्यक्त गर्दै आफ्नो देशमा उलेख्य सङ्ख्यामा नेपाली कामदार माग रहेको र पारदर्शीरुपमा कामदार छनोट गरिने तथा छोटो अवधिमा कामदार ल्याउने प्रक्रियामा समन्वय र सहकार्य गर्न आफू आतुर रहेको बताएका थिए।

रोमानियाले नेपालमा चाँडै आफ्नो राजदूतावास स्थापना गर्न चाहेको जानकारी दिएको थियो । त्यसबाट आप्रवासी कामदारको माग प्रमाणीकरण, प्रवेशाज्ञा जारी गर्न सहज हुनेछ । रोमानियामा नेपाली श्रमिकका लागि सम्भावित सीपयुक्त श्रम बजारको पहिचान गर्नका साथै महिला श्रमिकसमेतलाई लक्षित गरी सुरक्षित वैदेशिक रोजगारी प्रवद्र्धन गर्ने कार्यलाई प्राथमिकतामा राखी आपसी सहकार्य गर्नेबारेमा कुराकानी भएको थियो ।

रोमानियामा ठूलो सङ्ख्यामा आप्रवासी कामदारको माग रहेको, त्यहाँ १५ हजार पाँच सय ९० नेपाली कामदार कार्यरत छन् । नेपालीको कार्य स्वभाव, इमान्दारी र लगनशीलतालाई दृष्टिगत गरी त्यहाँका रोजगारदाताले कृषि, निर्माण एवं सेवा क्षेत्रमा अवसर प्रदान गर्दै आएका छन् ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ८ : १० बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले