५ श्रावण २०८३, मंगलबार | July 21, 2026

इजरायलमा विद्यार्थी मारिएपछि शोकमा सुदूरपश्चिम



कञ्चनपुर । इजरायलमा भएको हमास समूहको आतङ्ककारी हमलामा सुदूरपश्चिमका सात विद्यार्थी मारिएपछि यतिबेला पीडित परिवार शोकमा डुबेका छन् । आतङ्ककारी हमलामा दस नेपाली विद्यार्थी मारिएपछि मङ्गलबार सरकारले राष्ट्रिय शोक घोषणा गरेको छ । इजरायलमा ज्यान गुमाउनेमध्ये धेरै सुदूरपश्चिमका छन् ।

सिक्दै कमाउन एक महिनाअघि इजरायल गएका दार्चुला, बझाङ, डोटी र कैलाली जिल्लाका सात विद्यार्थीले इजरायलमा ज्यान गुमाएका हुन् । “प्यालिस्टेनीे हमास समूहले आक्रमणमा परेर नेपाली ती विद्यार्थीको ज्यान गएको दुःखद खबरले विश्वविद्यालय पनि अहिले परिवार शोकमा डुबेको छ,” सुदूरपश्चिम विश्वविद्यालयका रजिस्ट्रार यज्ञराज पाठकले भने, “यो घटनाले विश्वविद्यालय परिवार मात्रै होइन, सिङ्गो शैक्षिक क्षेत्र र राष्ट्रियस्तरमै अपूरणीय क्षति पुगेको छ ।”

उनका अनुसार विद्यार्थी मारिएको शोकमा विश्वविद्यालय मातहतका निकायमा शोकसभा आयोजना भइरहेको छ । कैलालीको घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, बझाङको जयपृथ्वी नगरपालिका–११ का गणेशकुमार नेपाली, बौनिया–३ कैलालीका आशीष चौधरी, लेकम–४ दार्चुलाका दीपेशराज विष्ट, डोटीका राजन फुलारा, पदम थापा र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्रसिंह धामीको आक्रमणमा निधन भएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का बिपिन जोशी सम्पर्कविहीन छन् । उक्त विश्वविद्यालयको टीकापुरस्थित कृषि क्याम्पसका ४९ जना विद्यार्थी गत भदौ २५ र २६ गते ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका थिए । नेपाली विद्यार्थी मारिएको घटनाले विक्षिप्त बनाएको टीकापुर कृषि क्याम्पसका तत्कालीन डिन लालप्रसाद अमगाईंले बताए । “आफ्ना विद्यार्थी इजरायल जाँदा निकै हर्षित थिए, एक महिनामै यस्तो दुःखद खबर सुनियो,” उनले भने, “खुसी क्षणभरमै समाप्त भयो ।”

भदौ २८ मा अमगाईंको कृषि क्याम्पसमा कार्यकाल सकिएको थियो । उक्त विश्वविद्यालयबाट कृषि सङ्कायको स्नातक तह उत्तीर्ण गरेर प्रयोगात्मक अध्ययनका साथै कमाईका लागि विद्यार्थी इजरायल गएका थिए ।

सो विश्वविद्यालयले पहिलोपटक इजरायली राजदूतावासको समन्वयमा त्यहाँको सेडट नेगेभ कलेजसँगको सम्झौतामा विद्यार्थीहरू ११ महिने ‘लर्न एन्ड अर्न’ कार्यक्रमका लागि गत भदौ २५ गते १५ र २६ गते ३४ गरेर ४९ जना नेपाली विद्यार्थी इजरायल पठाएको थियो । विद्यार्थीले कृषि सीप सिक्नाका साथै केही आम्दानी गर्ने उद्देश्यले विश्वविद्यालयलले प्रयोगात्मक अभ्यासका लागि त्यहाँ पठाएको हो ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  २ : ०७ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं