५ श्रावण २०८३, मंगलबार | July 21, 2026

एमालेको सुदूरपश्चिम अधिवेशन : उम्मेदवारको अन्तिम नामावली प्रकाशित



काठमाडौं । नेकपा एमालेको सुदूरपश्चिम प्रदेशको अधिवेशनमा विभिन्न पदका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएको छ। मंगलबार बेलुका सार्वजनिक सूची अनुसार अध्यक्षमा चार जनाको उम्मेदवारी परेको छ।

अध्यक्षमा बचनबहादुर सिंह, कृष्णप्रसाद जैशी, कमल तिमिल्सिना र भरत साउद छन्। एक उपाध्यक्षका लागि पाँच जनाको उम्मेदवारी परेको छ। जसमा हरिसिंह साउद, कालीबहादुर शाही, हजारी साउद, बलदेव रेग्मी र रणबहादुर महरा छन्।

एक जना सचिवका लागि तीन जनाको उम्मेदवारी परेको छ। जसमा रणबहादुर चन्द, राजेशकुमार खाती र रतनराज रेग्मी छन्।

त्यस्तै, एक जना उपसचिव (महिला)का लागि भागरथी विष्ट तिमिल्सेना, कन्दकला राना र अर्चना गहतराजले उम्मेदवारी दिएका छन्। एकजना उपसचिव (खुला)का लागि अशोककुमार चन्द, नरबहादुर विक, रामदत्त जोशी, हरदेव जोशी, पल्लवराज भट्ट र सुरेन्द्रबहादुर पालले उम्मेदवारी दिएका छन्।

मंगलबार बिहान ७ः३० बजेदेखि नै निर्वाचन कार्यक्रम सुरु गर्ने भनिए पनि सर्वसम्मत नेतृत्व चयनका लागि सहमतिको प्रयास गर्ने भन्दै निर्वाचन कार्यक्रम धकेलिएको थियो।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ९ : १२ बजे

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले