१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

बेपत्ता नेपालीको खोजी गर्न भारतीय सुरक्षानिकायलाई अपिल



इलाम । भारतको सिक्किममा बेपत्ता भएका इलामका पाँच जनाको खोजिका लागि भारतीय सुरक्षानिकायलाई अपिल गरिएको छ । जिल्ला प्रशासन कार्यालय इलामले भारतीय सुरक्षाकर्मीलाई खोजीका लागि अपिल गरेको हो ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले भारतीय सुरक्षा अधिकारीलाई बेपत्ताबारे जानकारीसहित उनीहरुको खोजीका लागि अपिल गरिएको जानकारी दिए । असोज १७ गते टिस्टा नदीमा बाढी आएपछि सो क्षेत्रमा काम गर्न गएका इलामका पाँच जना सम्पर्कविहीन छन् ।

इलाम नगरपालिका–९ का सेनबहादुर कार्की, लाक्पा शेर्पा, नरमाया बस्नेत, खुसी बस्नेत र कुमार बस्नेतल हालसम्म सम्पर्कविहीन छन् ।

बाढी गएको स्थानमा टेलिफोन र विद्युत् अवरुद्ध भएकाले सम्पर्क स्थापित हुन नसकेको भारतीय निकायले जानकारी गराएको प्रजिअ पोखरेलले बताए ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  १० : १२ बजे

भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढ्यो, नदी किनारमा उच्च सतर्कता

काठमाडौं । रसुवाको भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढेको सूचना

भोटेकोशीको भेल : बगायो बस्ती, बढायो सन्त्रास

काठमाडौं । ‘तेता के के हुँदैछ, यता बाढी पसेर फेरि

रसुवा बाढीमा मृत्यु हुनेको संख्या ४६९ पुग्यो, ९७७ जना सम्पर्कविहीन

काठमाडौं । रसुवाको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ४६९

चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला

चितवन । रसुवा बाढीका कारण त्रिशूली तथा नारायणी नदीमा १७८