१७ असार २०८३, बुधबार | July 1, 2026

सन्दीप लामिछानेले राष्ट्रिय क्रिकेट टिमबाट लिए नाम फिर्ता



काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आगामी क्रिकेट प्रतियोगिता नखेल्ने भन्दै राष्ट्रिय टिमबाट नाम फिर्ता लिएका छन् ।

दशैंको बीचमा नै नेपाल क्रिकेट संघ (क्यान)ले त्रिकोणात्मक टी-२० क्रिकेट श्रृङ्खला आयोजना गरेको छ । कात्तिक १ गतेदेखि १० गतेसम्म चल्ने श्रङ्खलामा नेपाल, यूएई र हङकङबीच प्रतिस्पर्धा हुनेछ ।

सन्दीपले भने उक्त प्रतियोगिता खेल्न नसक्ने भन्दै नाम फिर्ता लिएका हुन् । सन्दीपले सामाजिक सञ्जालमा एक सन्देश लेख्दै भारी मनका साथ आगामी प्रतियोगिताबाट नाम फिर्ता लिने निर्णय गरेको बताएका छन् ।

उनले आफू आफ्नो जीवनको कठिन र चुनौतीपूर्ण समयबाट गुज्रिरहेको पनि बताएका छन् । सन्दीपले अहिले आफूलाई पुनर्जीवन दिन र परिवारलाई समय दिन आवश्यक ठानेको बताएका छन् ।

सन्दीपले पछिल्लोपटक एसियाली खेलकुद (एसियाड)अन्तर्गतका खेलहरु खेलेका थिए ।

नाबालिगमाथि जबरजस्ती करणी (बलात्कार) गरेको अभियोग खेपिरहेका सन्दीपविरुद्धको मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ । बिहीबार (असोज २५ गते)का लागि पेसी भए पनि काठमाडौं जिल्ला अदालतले न्यायाधीश अभावको कारण देखाउँदै सुनुवाइ नगरी स्थगित गरेको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  ६ : ०२ बजे

अठार वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनमा

ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ सुरु

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ । दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका

सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन)