११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

कहिलेबाट खुल्न सक्छ विद्यालय ?



काठमाडौं । राज्यकोषबाट तलब सुविधा खाने सामुदायिक विद्यालयमा कार्यरत शिक्षक साउन दोस्रो सातासम्म आफू कार्यरत विद्यालयमा अनिवार्य पुग्नुपर्ने भएको छ ।

तत्काल विद्यालय खुल्ने र शिक्षक विद्यार्थीको उपस्थितिमा प्रत्यक्ष साक्षात्कार हुनेगरी पठनपाठन हुने वातावरण नरहे पनि सबै शिक्षक आफू कार्यरत विद्यालयमा हाजिर हुनैपर्ने भएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले स्थानीय तह तथा विद्यालयबाट पनि शिक्षक उपस्थित नहुँदा विद्यालयले गर्नुपर्ने तयारी तथा वैकल्पिक सिकाइ अभियानमा आवश्यक वातावरण सहज हुन नसकेको गुनासो गरिएपछि सबै शिक्षक विद्यालयमा पुग्नैपर्ने व्यवस्था गर्न लागिएको जानकारी दिए ।

धेरै सार्वजनिक विद्यालयमा अनलाइन कक्षा सञ्चालन हुन नसकेको तथा शिक्षकसमेत विद्यालयमा नपुगेको गुनासो आएपछि शिक्षकका सम्बन्धमा नयाँ व्यवस्था गर्न लागिएको हो । सामुदायिक विद्यालयमा कार्यरत झण्डै एक लाख ७५ हजारभन्दा बढी शिक्षकले सरकारी सुविधा लिएको तर शिक्षक विद्यालयमा उपस्थितसमेत हुन नसकेको गुनासो बढेपछि सरकारलाई यस विषयमा नीतिगत निर्णय लिनुपर्ने दबाब परेको हो । अधिकांश सरकारी शिक्षक वैकल्पिक शिक्षामा जोडिन पनि नसकेको गुनासो छ ।

विद्यालय कहिलेबाट खुल्न सक्छ भन्ने विषयमा भने हालसम्म कुनै योजना नबनेको समेत मन्त्रालयले स्पष्ट गरेको छ । सरकारले आगामी दिनमा लिने बन्दाबन्दीको मोडालिटीले यसलाई तय गर्ने उनको भनाइ छ । कुनै स्थानीय तह या विद्यालयले विद्यालय खोल्न चाहेको अवस्थामा भने त्यसले गर्नुपर्ने पूर्व तयारीका बारेमा भने मन्त्रालयले सहजीकरण गर्ने उनले बताए । त्यसका लागि आवश्यक पर्ने मापदण्डलाई मन्त्रालयले अन्तिम रूप दिँदैछ ।

शिक्षकको छाता संस्था नेपाल शिक्षक महासङ्घले यसलाई सकारात्मक रूपमा लिँदै शिक्षकको स्वास्थ्य सुरक्षाको प्रत्याभूति गर्नेतर्फ सरकारले ध्यान दिनुपर्ने जनाएको छ । महासङ्घका अध्यक्ष बाबुराम थापाले सुरक्षा बिना शिक्षकलाई कक्षा कोठामा जान कठिन हुने र सङ्क्रमणको जोखिम हुने उल्लेख गर्दै यस यसतर्फ
काम गर्नुपर्ने बताए । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  ७ : ४० बजे

दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गर्न आग्रह

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले दक्ष र गुणस्तरीय मात्र

प्रधानमन्त्रीले भोलि इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्ने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भोलि यहाँस्थित युरोपेली सङ्घ (इयू)मा

मन्त्रिपरिषद् बैठक : के के भयो निर्णय ?

काठमाडौं । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका विभिन्न महत्त्वपूर्ण निर्णयहरू

साताको पहिलो दिन नेप्सेमा हरियाली, सूचक २७ अंकले उकालो

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार शेयरबजारमा उत्साह देखिएको

करको दर घटाउन र दायरा बढाउन सरकारसंग उद्योगी–व्यवसायीहरुको माग

बुटवल । रुपन्देहीका उद्योगी व्यवसायीहरुले करको दर घटाउन र दायरा