६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

लमजुङमा राष्ट्रिय परिचयपत्रको लागि विवरण सङ्कलन शुरु



लमजुङ । राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रमअन्तर्गत लमजुङमा व्यक्तिगत विवरण सङ्कलन शुरु गरिएको छ ।

गण्डकी प्रदेशसभामा नेकपाका प्रमुख सचेतक मायानाथ अधिकारीले आफ्नो व्यक्तिगत विवरण दर्ता गराई फोटो खिचाएर उक्त कार्यको शुभारम्भ गरेकी हुन् ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले यो कार्यक्रमअन्तर्गत पहिलो चरणमा जिल्ला प्रशासन कार्यालयमा नागरिकता र राहदानी बनाउन आउने वा सोझै प्रशासनको सम्पर्क राख्न आउनेलाई मात्र राष्ट्रिय परिचयपत्र वितरण गरिने उल्लेख गर्दै आगामी वर्ष स्थानीय तहको वडावडामा गएर वितरण गरिने जानकारी दिए ।

कार्यक्रम अनुसार १६ वर्ष उमेर पुगेका सबै नेपालीलाई राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको छ । पञ्जीकरण विभागसँग समन्वय गरेर जन्मदर्तासँगै राष्ट्रिय परिचयपत्र वितरण गर्ने नीति रहेको बताइएको छ । नेपाली नागरिकताको प्रमाणपत्रको कमिकमजोरीलाई समेत यो परिचयपत्रले हटाउने र नेपाली नागरिकताको प्रमाणपत्र लिइसकेका सबै नेपाली वा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्ने मापदण्ड पुगेका सबैले यो राष्ट्रिय परिचयपत्र सजिलै प्राप्त गर्न सक्ने प्रावधान रहेको छ ।

परिचयपत्रमा नाम, जन्ममिति, बाबुआमाको नाम, बायोम्याट्रिक्स (औँठा) छापसहितको विवरणसमेत समावेश गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । चिप्स र युनिक कोडसहितको यो परिचयपत्रमा सम्बन्धित व्यक्तिको हातका औँलाको प्रिन्ट, अनुहार तथा आँखाको माइक्रो स्केन जडित हुने भएकाले कुनै पनि व्यक्तिको आधिकारिक पहिचान खुलाउन यो परिचयपत्र अहिलेसम्मकै सबभन्दा भरपर्दो साधन सावित हुने विश्वास गरिएको छ ।

परिचयपत्रमा हरेक नागरिकलाई नदोहरिने कोड नम्बर प्रदान गरिने तथा परिचयपत्रमा हुने व्यक्तिगत विवरण अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुरक्षित राखिने भएको छ ।

यो परिचयपत्रले मुलुकको सुरक्षा व्यवस्थालाई व्यवस्थित गर्न सहयोग पुग्नुका साथै नेपाली, गैरआवासीय नेपाली तथा विदेशीको तथ्याङ्कलाई यकिन गर्न मद्दत पुग्ने विश्वास लिइएको छ । रासस

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  ७ : ४७ बजे

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौं । दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा

साउदीमा ड्रोन आक्रमणबाट एक नेपालीको मृत्युप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं । साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

बुटवल । सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको