१ पुस २०८२, मंगलबार | December 16, 2025

त्रिकोणात्मक टी-२० सिरिज : हङकङलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल



काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले आज हङकङसँग खेल्दैछ । यूएईसमेत सहभागी यस सिरिजमा यसअघिका दुई खेल जित्दै सानदार सुरुआत गरेको घरेलु टोली नेपाल आजको खेल जित्दै फाइनलमा पुग्ने योजनामा हुनेछ ।

नेपालले पहिलो खेलमा यूएईलाई ७ विकेट र दोस्रो खेलमा हङकङलाई ६ विकेटले पराजित गरेको थियो । आजको खेलमा हङकङलाई पराजित गरेमा नेपाल एक खेल खेल्नुअघि नै फाइनल पुग्नेछ ।

नेपाल र हङकङबीचको खेल मुलपानी क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुनेछ । दुई दिनअघि यही मैदानमा नेपालले हङकङविरुद्ध शानदार प्रदर्शन गरेको थियो ।

करण केसीको ४ विकेटमा हङकङलाई ९४ रनमै अलआउट गरेको नेपालले १३ दशमलव ५ ओभरमै ९९ रन बनाउँदै लक्ष्य पूरा गरेको थियो । नेपालका लागि कप्तान रोहित कुमार पौडेल र दीपेन्द्र सिंह ऐरीले पहिलो खेलमा उत्कृष्ट साझेदारी गरेका थिए । कप्तान रोहितले पहिलो खेलमा अविजित ५१ र दोस्रो खेलमा अविजित २५ रन बनाएका थिए ।

ओपनिङ जोडी कुशल भुर्तेल र आसिफ शेखले राम्रो सुरुआत पाउन सकेका छैनन् । आसिफले दोस्रो खेलमा ४२ रन बनाएका थिए । वान डाउनमा खेलेका कुशल मल्लले पनि सोचे अनुसार प्रदर्शन गर्न सकेका छैनन् ।

बलिङमा नेपालको फास्ट बलिङ अट्याक जमिरहेको छ । करण र सोमपालले नयाँ बल फाल्छन् भने अविनाश बोहरा डेथ ओभर बलिङ गर्छन् । यस्तै अलराउण्डर गुल्सन झाले बलिङ र ब्याटिङ दुवैमा प्रभाव पार्न सक्छन् । उनले पहिलो खेलमा २ विकेट लिएका थिए भने दोस्रो खेलमा ५ बलमै अविजित १४ रन बनाएका थिए ।

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  ८ : ०९ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज