१ जेष्ठ २०८१, मंगलबार | May 14, 2024

ढोग नगरेको भन्दै कुटपिट गरेर हत्या गर्ने दुबैजना पक्राउ



सल्यान। ढोग (दर्शन) नगरेको भन्दै कुटपिट गरेर हत्या गर्ने २ जनालाई सल्यान प्रहरीले पक्राउ गरेको छ। ४ कार्तिकमा गाउँको उपकार आधारभूत विद्यालयको खेल मैदानमा गाउँकै २० वर्षीय घनश्याम ओलीलाई कुटपिट गरि हत्या गरेको अभियोगमा सल्यान बागचौर नगरपालिका- ७ स्यालागाउँका २५ वर्षीय केशर ओली र २३ वर्षीय सन्तोष ओलीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूले ४ कार्तिकमा गाउँको उपकार आधारभूत विद्यालयको खेल मैदानमा गाउँकै २० वर्षीय घनश्याम ओलीलाई कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएका घनश्यामको भारतको लखनउमा उपचारका क्रममा मृत्यु भएको थियो ।

कुटपिटका नाइके केशरले घनश्यामलाई ‘ए भाइ तेरो दाइलाई ढोग गर’ भनेको र ढोग्न नमानेपछि केशर र सन्तोष मिलेर घनश्यामलाई कुटपिट गरेका थिए । दुबैजनाले घनश्यामको टाउको र‌ शरीरको विभिन्न भागका मरणासन्न हुने गरी घाइते बनाएर त्यहीँ छोडेर भागेका थिए‌।

परिवारले घनश्यामको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि दसैँको अघिल्लो दिन बागचौर स्थित जनप्रिय मेडिकलमा पुर्‍याएका थिए । डाक्टरले शरीर भित्र रगत जमेको र यहाँ उपचार सम्भव नहुने बताएपछि नेपालगन्ज हुँदै भारतमा लगेका थिए ।

प्रहरी प्रमुख नवीन कार्कीले घाइते घनश्यामको लखनउ लैजाँदै गर्दा भारतको नानपारामा बुधबार बिहान मृत्यु भएको बताए । घनश्यामका परिवारले प्रहरीमा दिएको जाहेरी अनुसार केशरलाई बुधबार बेलुका बागचौर नगरपालिका -९, मौरीघारे परिलेखका लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको कार्कीले बताए ।

यस्तै सन्तोषलाई दाङको तुल्सीपुर उपमहानगरपालिका -१२, रझेनामा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको छ।

दुवै जनालाई कर्तव्य ज्यान सम्बन्धी कशुर मुद्दामा पक्राउ पुर्जी लिई इलाका प्रहरी कार्यालय थारमारेको हिरासतमा राखिएको प्रहरी नायव उपरीक्षक कार्की बताए। उनका अनुसार घटना भएको दिन केशर र सन्तोषले मादक पदार्थ सेवन गरेको पनि‌ अनुसन्धानबाट खुलेको छ।

प्रकाशित मिति : ९ कार्तिक २०८०, बिहिबार  ९ : ४३ बजे

तिलोत्तमाको मंगलापुर-कान्छीबजार सडक खण्डको दोस्रो चरणको निर्माण कार्य शुरु

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मंगलापुर-कान्छीबजार सडक खण्ड अन्तर्गत दोस्रो

राष्ट्रियसभा बैठकमा कांग्रेसको अवरोध, राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पेश भएन

काठमाडौं। नेपाली कांग्रेसले राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ । संघीय

कांग्रेसको प्रतिक्रिया – नीति तथा कार्यक्रम परम्परागत, नयाँ कुरा छैन

काठमाडौं। नेपाली कांग्रेसले सरकारले ल्याएको नीति तथा कायर्क्रम परम्परागत रहेको

राष्ट्रपति पौडेलबाट आव २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुबै सदनको संयुक्त