१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

राष्ट्रसंघ नेपालको शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन सहयोग गर्न तयार छ : महासचिव गुटेरेस



काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचि एन्टोनियो गुटेरेसले नेपालको शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन राष्ट्रसंघ सहयोग गर्न तयार रहेको बताएका छन् ।

नेपाल भ्रमणमा रहेका महासचिव गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेपछि आयोजित पत्रकार सम्मेलनमा यस्तो कुरा बताएका हुन् ।

महासचिव गुटेरेसले संक्रमणकालीन न्याय टुंग्याउन अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको आदेश र पीडितका आवश्यकताहरू पूरा गर्न आवश्यक रहेको जिकिर गरे । उनले भने, ‘संक्रमणकालीन न्यायले पीडित, परिवार र समुदायमा शान्ति ल्याउन मद्दत गर्नुपर्छ ।’

‘नेपाललाई अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको आदेश र पीडितका आवश्यकताहरू पूरा गर्ने प्रक्रियाको विकास गर्न र त्यसलाई व्यवहारमा उतार्न सहयोग गर्न तयार रहेको बउनले बताए ।

महासचिव गुटेरेसले नेपाल शान्ति र बहुपक्षीयताका पक्षमा गौरवशाली रुपमा लामो समयदेखि वकालत गरिरहेको देश भएको भन्दै प्रशंसा गरे । उनले भने, ‘बहुपक्षीय समाधानका लागि नेपालले गरेको योगदानका लागि संयुक्त राष्ट्रसंघ हार्दिक आभारी छ । शान्ति स्थापनाका लागि विश्वभरका शान्ति मिसनमा नेपालको उपस्थिति त्यसैको नतिजा हो ।’

महासचिव गुटेरेसले नेपाल र संयुक्त राष्ट्रसंघबीचको गहिरो मित्रतालाई थप मजबुत बनाउन आफू काठमाडौं आएको बताए ।

गुटेरेसले नेपालले कुनै गल्ती नगर्दा पनि जलवायु परिवर्तनको विश्वव्यापी प्रभाव फसेको बताउँदै त्यस विरुद्ध नेपालले चालेको कदम सर्हानीय रहेको बताए । उनले भने, ‘शान्ति कायम गर्दै गणतन्त्रको स्थापना, दिगो विकास लक्ष्य हासिल गर्न तथा जलवायु परिवर्तनविरुद्ध नेपाल लागि परेको छ ।’

जलवायु परिवर्तनको संकटको भयावह प्रभाव हेर्न आफुले हिमालय क्षेत्रको भ्रमण गर्न लागेको उनले बताए । उनले उच्चदरमा हिमनदीहरु पग्लेर नेपालले ३० वर्षका एक तिहाई हिउँ गुमाएकोमा चिन्ता व्यक्त गरे । उनले आफुले हिमालको भ्रमण गर्नेक्रममा हिमाली क्षेत्रका बासिन्दासँग कुरा गर्ने र उनीहरु जलवायु संकटबाट कसरी प्रभावित भएका छन् भनेर बुझ्न प्रयास गर्ने बताए ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  ३ : ४० बजे

भोलि सार्वजनिक बिदा परेपनि सरकारी अस्पतालका ओपीडी सुचारु हुने

काठमाडौं । सरकारले भोलि (वैशाख १८) गते सार्वजनिक बिदा परेपनि

रोल्पा जिप दुर्घटनाको छानबिन गर्न समिति गठन

काठमाडौँ । गृह मन्त्रालयले रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापमा आज भएको

ट्राफिक नियम उल्लंघन गर्ने चालकको लाइसेन्स, ब्लुबुक र साँचो नियन्त्रणमा नलिन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले ट्राफिक प्रहरीबाट गरिने गरेको कागजपत्र नियन्त्रण

जोखिमयुक्त बस्ती स्थानान्तरणको दोस्रो चरण शुक्रबारदेखि

काठमाडौँ । सहरी विकास मन्त्रालयले आगामी शुक्रबारदेखि दोस्रो चरणअन्तर्गत काठमाडौँ

नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात

काठमाडौँ । नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ