२९ भदौ २०८३, सोमबार | September 14, 2026

आईसिसी टी-२० विश्वकप छनोट : आजको खेलमा ओमानलाई हराउँदै समूह विजेता बन्ने दाउमा नेपाल



काठमाडौं । घरेलु टोली नेपालले आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा आज ओमानसँग खेल्दैछ । खेल बिहान ९ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ । समान दुई खेलमा ४ अंक भएपनि ओमान नेटरनरेटका कारण ओमान शीर्षस्थानमा छ ।

दुवै टोली समूह ‘ए’ बाट सेमिफाइनलमा पुगेका छन् । आजको खेलको विजेता समूहको पनि विजेता बन्नेछ । समूह विजेताले समूह ‘बी’ को उपविजेतासँग सेमिफाइनल शुक्रबार खेल्नेछ । त्यसैले नेपालको लागि यो खेल निकै महत्वपूर्ण छ । नेपाल ओमानलाई हराउँदै समूह विजेताको रुपमा सेमिफाइनल खेल्न चाहन्छ । नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गर्नसक्छ । विनोद भण्डारीलाई मैदान उतार्दा विवेक यादवलाई बेन्चमा राख्न सक्छ ।

समूह ‘ए’ को अन्तिम खेलमा सिंगापुर र मलेसियाबीच दिउँसो १ बजे प्रतिस्पर्धा हुनेछ । यो खेल प्रतिष्ठाको लडाई मात्रै हुनेछ । तर मुलपानीमा आज हुने दुबै खेल निकै महत्वपूर्ण हुनेछन् । पहिलो खेलमा युएई र हङकङबीच प्रतिस्पर्धा हुनेछ । बहराइनसँग हारेको हङकङलाई सेमिफाइनल खेल्न युएईलाई हराउनु पर्ने हुन्छ । उता सुरुवाती दुई खेल जितेको युएईलाई जित वा झिनो अन्तरको हार सेमिफाइनलमा पुग्न पर्याप्त हुनेछ ।

दोस्रो खेलमा बहराइन र कुवेत भिड्नेछन् । पहिलो खेलमा हङकङ पराजित भएमा बहराइनलाई जित पर्याप्त हुनेछ । तर हङकङ विजयी भएको खण्डमा बहराइनले नेटरनरेटमा ध्यान दिनुपर्छ । कुवेत सेमिफाइनलमा पुग्न आफ्नो विशाल जितसँगै पहिलो खेलमा युएई विजयी भएको हुनुपर्छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहिबार  ७ : ३६ बजे

असोज पहिलो सातादेखि पोखरा-दुबई सिधा उडान

गण्डकी । दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी

बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको

देउवा समूहद्वारा संस्थापनको प्रस्ताव अस्वीकार, छुट्टै महाधिवेशन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको

त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच केहीबेर धकेलाधकेल

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं झापाबाट काठमाडौं फर्किने क्रममा

खल्तीले गर्यो “खल्ती होटल्स” सेवा सार्वजनिक, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती होटेल्स”सेवा औपचारिकरूपमा