१५ माघ २०८२, बिहिबार | January 29, 2026

बागमती प्रदेश सरकारद्वारा भूकम्प पीडितलाई १ करोड ५० लाख सहयोग



काठमाडौं। बागमती प्रदेश सरकारले भूकम्प पीडितहरुलाई तत्कालका लागि १ करोड ५० लाख सहयोग दिने भएको छ ।

गए राती जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लामा भूकम्पबाट घाइते भएकाको उद्धार, राहत र पुनर्स्थापनाका लागि बाग्मती प्रदेश सरकारले एक करोड ५० लाख रुपैयाँ आर्थिक सहयोग दिने भएको हो ।

बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले शनिबार जारी विज्ञप्ति अनुसार भूकम्पबाट प्रभावितको उद्धार, उपचार, राहत र पुनर्स्थापनाका लागि एक करोड ५० लाख रुपैयाँ उपलब्ध गराईएको छ ।

विपद्को यस घडीमा बागमती प्रदेश सरकार कर्णाली प्रदेश सरकार सँगसँगै रहने जनाउँदै बागमती प्रदेश सरकारले भूकम्पबाट ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्धाञ्जलीका साथै शोकाकुल परिवार र आफन्तजनहरुमा गहिरो समवेदना पनि प्रकट गरेको छ ।

घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत सो प्रदेशले गरेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  १ : ३७ बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला