२६ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

अविरल वर्षाका कारण पाल्पाको जनजीवन प्रभावित, सिद्धार्थ राजमार्ग आज पनि नखुल्ने



बुटवल । रातभरको अविरल वर्षाका कारण पाल्पाका बिभिन्न स्थानमा पहिरो खस्दा सिङ्गो जिल्लाको जनजीवन प्रभावित बनेको छ ।

पाल्पा जिल्ला अन्तर्गत सिद्धार्थ राजमार्गको सिद्धबाबा, हेडबक्स, नागमन्दिर, पैठेडाँडा, दोभान, झुम्सा, चर्चरे, कालीमाटी, गौडेपुल लगायत दर्जन बढी स्थानमा पहिरो खसेको छ भने तानसेनदेखि गुल्मीका साथै पाल्पाबाट स्याङजा, रामपुर हुँदै नवलपरासी जाने सडकमा पनि पहिरो खसेको छ । तानसेनबाट रानीमहल जाने सडकका साथै रम्भा, माथागढी, रैनादेवी छहरा, निस्दी, पूर्वखोला गाउँपालिका केन्द्र जाने सडकमा पनि पहिरो खसेर सडक अवरुद्ध भएको छ ।

प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले सिद्धार्थ राजमार्ग सुचारु गर्न बिहानै देखि प्रयास थालिएको सुचारु हुन दिनभरी लाग्न सक्ने अनुमान गरेको छ । बिहानैदेखि प्रहरीले सडक डिभिजनको समन्वयमा पहिरो खुलाउने प्रयास गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  ९ : ०९ बजे

समानुपातिक प्रणालीतर्फको मतगणना बुधबार सकिने, १ करोड ६ लाख गन्दा रास्वपाको ५१ लाख

काठमाडौँ, २६ फागुन स् यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

जापनिज इन्सेफलाइटिस सङ्क्रमणपछि खोप अभियान

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापनिज इन्सेफलाइटिसको सङ्क्रमण दर

रुपन्देहीमा समानुपातिकतर्फ रास्वपा पहिलो, कर्णालीमा कांग्रेसले पायो सर्वाधिक मत

बुटवल । प्रतिनिधिसभा निर्वाचनमा रुपन्देहीमा प्रत्यक्षतर्फ पाँचवटै क्षेत्र जितेको राष्ट्रिय

प्रहरीद्वारा रूपन्देहीमा लाखौँ मूल्य बराबरका अवैध सामान बरामद

भैरहवा । रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी ल्याइएका

तीन महिनापछि पोखरा-जोमसोम हवाई सेवा सञ्चालन

मुस्ताङ । हिउँदयामको प्रतिकूल मौसम तथा पर्यटकीय अफसिजनका कारण विगत