२० मंसिर २०८२, शनिबार | December 6, 2025

रेशम चौधरीको मुद्दाको आज अन्तिम सुनुवाइ



काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका रेशम चौधरीको मुद्दाको आज अन्तिम सुनुवाइ हुने भएको छ । राष्ट्रपति कार्यालय र रेशम चौधरीलाई विपक्षी बनाई दायर भएको मुद्दाको आज अन्तिम सुनुवाइ हुने भएको हो ।

टीकापुर घटनामा मारिएका सशस्त्र प्रहरीका इन्सपेक्टर केशव बोहोराका पत्नी शारदा कडायतले दायर गरेको रिट निवेदनको आज अन्तिम सुनुवाइ हुने भएको हो ।

गणतन्त्र दिवसको अवसरमा गत जेठ १५ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले टीकापुर घटनाका प्रमुख योजनाकार भनिएका रेशम चौधरीलाई बाँकी कैद मिनाहा दिने निर्णय गरेका थिए । क्रूर, अमानवीय र गम्भीर मानव अधिकार उल्लंघनको घटनामा संलग्नलाई राष्ट्रपतिको माफी मिनाहा गैरकानुनी रहेको भन्दै घटनामा मृत्यु भएका सशस्त्र प्रहरीका इन्सपेक्टर केशव बोहोराकी पत्नी कडायतले सर्वोच्च अदालतमा रिट दर्ता गराएकी थिइन् ।

राष्ट्रपतिको निर्णय बदर गर्न माग गर्दै कडायतले राष्ट्रपतिको कार्यालय शितलनिवास तथा रेशम चौधरीलाई विपक्षी बनाई रिट दायर गरेकी थिइन् । राष्ट्रपति कार्यालयको निर्णय उत्प्रेषणको आदेशबाट बदर गर्न माग गर्दै चौधरीलाई पूरै समय जेलमा राख्न कडायतले माग गरेकी छिन् ।

यसअघि राष्ट्रपतिबाट माफी मिनाहा पाएका नेपालगन्जका गुण्डा नाइके योगराज ढकाल रिगलको मुद्दामा अदालतले राष्ट्रपतिको निर्णय बदर गर्दै पक्राउ गर्न आदेश गरेको थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहिबार  ८ : ४६ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति