२१ भदौ २०८३, आइतबार | September 6, 2026

सञ्चारजगत निस्वार्थभावले राष्ट्रसेवामा लाग्नुपर्ने



काठमाडौं । सुरक्षा तथा प्रतिरक्षा विषयमा कलम चलाउने सञ्चारकर्मीलाई नेपाली सेनाको साङ्गठनिक स्वरुप, जिम्मेवारी र भूमिकालगायत विषयमा जानकारी गराउने उद्देश्यले सञ्चालित रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम आज सम्पन्न भएको छ ।

सैनिक मुख्यालयमा पाँच दिनसम्म सञ्चालित अभिमुखीकरणमा सहभागी सञ्चारकर्मीलाई सेनाका विभिन्न निकायको काम, कर्तव्य र जिम्मेवारीका बारेमा जानकारी गराइएको थियो । सहभागीलाई नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन काठमाडौँ–तराई÷मधेस द्रुतमार्ग सडक आयोजना र शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको स्थलगत भ्रमण गराइएको थियो ।

बलाध्यक्ष रथी सीताराम खड्काले कार्यक्रममा सहभागी सञ्चारकर्मीलाई प्रमाणपत्र वितरण गरेका थिए । समापन समारोहमा बोल्दै उनले यस किसिमको अन्तक्र्रियात्मक कार्यक्रमबाट नेपाली सेनाले अङ्गीकार गर्दै आएको राष्ट्रिय सुरक्षा, जनहितको रक्षा, विकास निर्माण, प्रकृति संरक्षण, विश्व शान्ति प्रवर्द्धनलगायत जिम्मेवारीको यथार्थपरक सूचना सम्प्रेषण गर्न सघाउन पुग्ने विश्वास व्यक्त गरे । उनले संवेदनशील विषयमा खबर सम्प्रेषण गर्दा गम्भीर हुनुपर्नेमा जोड दिँदै निःस्वार्थभावले राष्ट्रसेवामा आफूलाई समर्पण गर्नु अनौपचारिक रुपमा राज्यको चौथो अङ्ग मानिएको सञ्चार जगत्को दायित्व भएको बताए ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहिबार  ९ : ५८ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त