२० भदौ २०८३, शनिबार | September 5, 2026

चलचित्र ‘बलिदान’ को ट्रेलर सार्वजनिक



काठमाडौं । नेपाली कथानक चलचित्र ‘बलिदान’ को टिजर रिलिज भएको छ । छायांकनमा जानु अगाडि नै चलचित्रको टिजर रिलिज गरिएको हो । चलचित्र ‘बलिदान’ ‘प्रेम गीत’का निर्माता तथा ‘प्रेम गीत-३’ का निर्देशक सन्तोष सेनले निर्देशन गर्दै छन् ।

सार्वजनिक टिजरले ‘बलिदान’ कुनै समयको विसंगतिविरुद्ध रहेको एक्सनप्रधान चलचित्र बन्ने संकेत गरेकाे छ । टिजरमा विस्फोट, नरसंहार, तोडफोड तथा त्रसित वातावरणले देशमा हुने रक्तपातपूर्ण क्रान्ति देखिएको छ ।

देशको आन्तरिक मामिलामा चर्किएको आन्दोलनमा बाह्य तत्वको प्रवेशपछि खलबलिएको समाजलाई चलचित्रले समेट्ने बताइएको छ । देशको अस्मिता जोगाउन एक युग पुरुष कसरी जन्मिछ भन्ने कथाको वरपर चलचित्र रहने निर्देशक सेनले बताएका छन् ।

टिजर रिलिज गरिए पनि चलचित्रका कलाकारबारे जानकारी दिइएको छैन । दोस्रो चरणमा कलाकार र प्राविधिकबारे जानकारी लिने निर्देशक सेनले बताएका छन् ।

आसुसेन प्रा.ली. तथा सन्तोष सेनको प्रस्तुति रहने चलचित्रमा निर्माताको रूपमा पवन ब्राडफोर्ड बिस्ट तथा कार्यकारी निर्माता चक्र बहादुर चन्द, प्रेम पुरीलगायत रहेका छन् । प्राध्यापक, लेखक एवम् साधक दर्शन जीले चलचित्रका लागि कथा लेखेका छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  ७ : ३१ बजे

यी हुन् रसुवा बाढीमा हराएका चितवनका ११ जना

चितवन । रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन

काठमाडौँ । रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम

भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगन्जका अनलाल

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका-२० थपुवा निवासी अनलाल रोकाय रसुवाको भोटेकोशी

मुस्ताङको टुकुचेमा कालीगण्डकीले कटान गरेपछि गाउँ पहिरोको जोखिममा

मुस्ताङ । कालीगण्डकी नदी कटानका कारण मुस्ताङको थासाङ गाउँपालिका १

भगवती जात्राले राष्ट्रिय स्वाभिमान र सांस्कृतिक पहिचान बलियो बनाएको छ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाल्पामा मनाइने रणउजीरेश्वरी