२० माघ २०८२, मंगलबार | February 4, 2026

निरन्तर डिजिटल सेवामा जाँदै एनआइसी एसिया बैंक, सञ्चय कोषका कर्मचारीले डिजिटल माध्यमबाट साँवा व्याजको किस्ता तिर्नसक्ने



काठमाडौं । एनआइसी एशिया बैंकले आफ्ना सेवाहरू डिजिटल माध्यममा लैजाने क्रमलाई निरन्तरता दिँदै आएको छ ।

यसैक्रममा कर्मचारी सञ्चय कोषबाट कर्जा लिएका ऋणीहरूले साँवा ब्याज सहितको किस्ता रकम विद्युतीय माध्यमबाट भुक्तानी गर्नका लागि कर्मचारी सञ्चय कोष र एनआइसी एशिया बैंकबीच सम्झौता  भएको हो ।

सम्झौता पत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी तथा कोषको तर्फबाट मुख्य प्रबन्धक अर्जुन कुमार गौतमले हस्ताक्षर गरेका छन् । बैंकले नेपाल क्लियरिङ्ग हाउससँगको सहकार्यमा सञ्चय कोषबाट कर्जा सुविधा लिईरहेका ऋणीहरूलाई सुविधाको निमित्त उपभोग गरेको कर्जा बमोजिमको किस्ता रकम विद्युतीय माध्यमबाट भुक्तानी गर्न मिल्ने सुविधा ल्याउने समझदारी गरेको हो ।

डिजिटल बैंकिङ्ग सेवामा अग्रणी स्थानमा रहेको बैंकले डिजिटल फर्स्ट बैंक बन्ने दीर्घकालीन लक्ष्य लिदै आएको छ ।

यस्तै बैंकले नेपाल क्लियरिङ्ग हाउससँगको सहकार्यमा विद्युतीय भुक्तानी ज सुविधा ल्याएको छ । यस व्यवस्था अन्तर्गत अब जुनसुकै बैंक तथा वित्तीय संस्थाहरूमा खाता सञ्चालन गर्नुभएको कर्मचारी सञ्चय कोषका ऋणीहरूले नेपाल क्लियरिङ्ग हाउस पोर्टल (https://login.connectips.com) मा लग इन गरेपश्चात् Government Payment  मा क्लिक गरी भुक्तानी प्रक्रिया सुरु गर्न सक्नेछन् । ।

यस्तै डेबिट÷क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग र ईन्टरनेट बैंकिङ्गका प्रयोगकर्ताहरू २२ लाख रहेको अवस्थामा बैंकले विद्युतीय भुक्तानी तथा डिजिटल सेवाहरूलाई अझ परिस्कृत बनाउँदै लैजाने उद्देश्य अनुरुप विद्युतीय भुक्तानी तथा सेवागत क्षेत्रहरूमा समेत डिजिटल प्रणालीको विकास गरिरहेको छ ।

बैंकले देशको बैंकिङ्ग इतिहासमै पहिलो पटक घर वा अफिसबाट सेवाग्राहीले आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी आफ्नो वा आफुले चाहेको यस बैंकको खातामा नगद रकम जम्मा गर्न भौचर भर्ने अनलाईन प्रणालीको शुभारम्भ गरिसकेको छ भने नगद जम्मा गर्ने भौचर भर्ने सेवाको अलावा बैंकले मोबाइल बैंकिङ्ग सेवा नवीकरण, अनब्लक, ब्लक, तथा पिन रिसेट गर्ने एवं मौज्दात विवरण, चेक अनुरोध, ई–कमर्श दर्ता, ब्यालेन्स सर्टिफिकेट अनुरोध र स्टेटमेन्ट अनुरोध गर्नका लागि समेत अनलाईन प्रणाली ष्क्भचखभ मार्फत सेवा दिईरहेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  ७ : ५० बजे

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

ललितपुरबाट पेस्तोलसहित तीन जना नियन्त्रणमा

काठमाडौँ । सशस्त्र प्रहरी बलले ललितपुरबाट आज पेस्तोलसहित तीन जनालाई

निर्वाचन सुरक्षाका लागि भोलि बुधबारदेखि सेना परिचालन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३१३५ उम्मेदवार कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको