१२ बैशाख २०८३, शनिबार | April 26, 2026

महिला टी-२० सिरिज : नेपालविरुद्ध तान्जानिया ब्याटिङ गर्दै



काठमाडौं । चार देश सम्मिलित महिला टि-२० सिरिजअन्तर्गत नेपालविरुद्धको पहिलो खेलमा तान्जानियाले ब्याटिङ गरिरहेको छ । हङ्कङस्थित हङकङ क्रिकेट क्लबको मैदानमा तान्जानियाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय ग¥यो । केहीबेर अघिसम्मको खेलमा तान्जानियाले १४ ओभरमा तीन विकेट गुमाउँदै ६९ रन बनाएको छ । नेपालका लागि सङ्गीता राईले दुई तथा रुविना क्षेत्रीले एक विकेट लिएकी छिन् ।

नेपाल र तान्जानिया पहिलोपटक भिड्न लागेका हुन् । आइसिसी बरियतामा तान्जानिया १९ औँ स्थानमा छ भने नेपाल २१औँ स्थानमा रहेको छ । जारी सिरिजमा आयोजक हङ्कङसँगै नेपाल, तान्जानिया र जापान सहभागी छन् ।

नेपाली टोलीमा कप्तान इन्दु बर्मा, उपकप्तान बिन्दु रावल, रुविना क्षेत्री, सीता रानामगर, अस्मिना कर्माचार्य, काजोल श्रेष्ठ, कञ्चन श्रेष्ठ, खुसी डङ्गोल, सङ्गीता राई, सोनी पाख्रिन, सोमु विष्ट, पूजा महतो, रोमा थापा र सम्झना खड्का छन् । कप्तान रुबिना क्षेत्रीको ठाउँमा इन्दु बर्मालाई नेपाल क्रिकेट सङ्घ ९क्यान०ले नयाँ कप्तान चयन गरेको हो । क्षेत्रीले ११ वर्षदेखि कप्तानी गर्दैआएकी थिइन् ।

नेपालले दोस्रो खेल यही कात्तिक ३० गते हङकङसित तथा समूह चरणको अन्तिम खेल आगामी मङ्सिर २ गते जापानसित खेल्ने छ । शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन् ।

नेपाली टोलीमा सोमु विष्ट, कञ्चन श्रेष्ठ र सोनी पाख्रिनले पहिलो पटक अवसर पाएका हुन् भने रोमा थापा र सङ्गिता राईले पुनरागमन गरेका छन् । नेपाली महिला क्रिकेट टोलीको प्रशिक्षकमा मनोज कटुवाल रहेका छन् । जारी प्रतियोगितामा नेपालका लागि तान्जानिया र जापान नयाँ प्रतिद्वन्द्वी हुन् । आइसिसी बरियतामा हङकङ २२औँ तथा जापान ५१औँ स्थानमा छ ।

नेपालले कात्तिक २९ गते पहिलो खेल तान्जानिया सँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । त्यस्तै ३० गते हङकङसँग र मंसिर २ गते जापानसँग खेल्नेछ ।

प्रकाशित मिति : २९ कार्तिक २०८०, बुधबार  ८ : २२ बजे

दलीय गठबन्धनलाई पराजित गर्दै खजुरा खानेपानीमा स्वतन्त्र उम्मेदवार विजयी

खजुरा । बाँकेको खजुरा गाँउपालिका ३ खजुरा बजारमा सञ्चालनमा रहेको

आज ५७२ सवारी चालकलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीको विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’का क्रममा आज

विपद्जन्य घटना : १२ दिनमै २३ जनाको मृत्यु, ७३ जना घाइते

काठमाडौँ । विभिन्न विपद्जन्य घटनामा परेर यो महिनाको १२ दिनमै

विभिन्न जिल्लामा भारी वर्षा, अझै बदली हुने

काठमाडौँ । मौसम बदलीसँगै आज देशका विभिन्न जिल्लामा भारी वर्षा

बुटवलमा सरकारी जग्गामा बनेका संरचना हटाइने, उपमहानगरको सूचनापछि डोजर चल्ने सम्भावना

बुटवल । बुटवल उपमहानगरपालिकाले सरकारी स्वामित्वको जग्गामा निर्माण गरिएका घरटहरा