२५ श्रावण २०८३, सोमबार | August 10, 2026

विपिन जोशी अझै भेटिएका छैनन, खोजी जारी छ : इजरायलस्थित नेपाली दुतावास

आइडिएफले सार्वजनिक गर्‍यो हमासले नेपाली र थाई बन्धकलाई अस्पताल लगेको भिडिओ



विपिन जोशी अझै भेटिएका छैनन, खोजी जारी छः इजरायलस्थित नेपाली दुतावास
हमासले नेपाली र थाई नागरिकलाई अल सिफा अस्पताल

काठमाडौं । प्यालेस्टाइनी अतिबादी समुह हमासको नियन्त्रणमा रहेका बिपिन जोशीको अवस्था अझै अज्ञात रहेको छ ।

इजरायलस्थित नेपाली दूतावासले विपिन जोशी हमासको नियन्त्रणमा रहेको पुष्टि गरे पनि अबस्था अझै अज्ञात रहेको जनाएको हो ।

हमास समूहले बन्धक बनाएर गाजाको अस्पतालतर्फ लगेका मध्येमा विपिन जोशी पनि रहेको इजरायल डिफेन्स फोर्सले सामाजिक सञ्जाल एक्समार्फत दाबी गरेको छ ।

आइडिएफले एक नेपाली र एक थाई नागरिकलाई घाइते अवस्थामा अस्पताल लगिँदै गरेको दाबी गर्दै भिडिओ सार्वजनिक गरेको हो । सो भिडियोमा भिडिओमा हमासले २ जना घाइतेमध्ये एक जनालाई डोर्याउँदै र अर्कोलाई स्ट्रेचरमा राखेर उपचार कक्षमा लगिएको दृश्य देखिन्छ ।

यद्यपी, नेपाली दूतावासले भने विपिनको अवस्थाबारे भने अहिलेसम्म पनि यकिन गर्न नसकिएको जनाएको छ।

दूतावासको विज्ञप्तिमा भनिएको छ, ‘जोशीको पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको, निज हालसम्म पनि सम्पर्कविहीन नै रहेको र खोजी कार्य जारी रहेको ब्यहोरा सबैलाई जानकारी गराइन्छ ।’

तर, केही मिडियाले जोशी फेला परेको र उनलाइ रिहाइ गर्नका लागि पहल भइरहेको जनाइरहेको बेला इजरायलस्थित दुतावासले भने उनको स्थीति प्रस्ट पारेको हो ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  १० : २८ बजे

प्रधानमन्त्री बालेन्द्रको कूटनीतिक ‘यू-टर्न’, भारतीय राजदूतसँग पहिलो एकल भेट

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालका लागि भारतीय राजदूत नवीन

अर्थमन्त्री वाग्लेले बहुराष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपालमा लगानी गरेका

गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन

काठमाडौं । गुह्येश्वरी फाँटस्थित गुह्येश्वरी ढल प्रशोधन केन्द्रले दैनिक तीन

रासायनिक मलको सहज आपूर्ति सुनिश्चित गर्न प्रचण्डको सरकारसँग आग्रह

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोपाइँ

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन । महोत्तरीबाट काठमाडौंतर्फ गइरहेको बसले खैहरनी नगरपालिका–१ शाहीचोकमा आज