१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

अभिनयलाई निरन्तरता दिन्छु : अभिनेत्री रेखा थापा



काठमाडौं । केही समयसम्म चलचित्रबाट टाढा रहेकी अभिनेत्री रेखा थापा पुनःचलचित्र उपहारमार्फत निर्माण र अभिनयमा सक्रिय भएकी छिन । केही समय राजनीति र घर गृहस्थीमा व्यस्त भएकाले कलाकारितामा निरन्तरता दिन नपाएको उनले बताइन ।

“म चुनावको क्रममा घुम्दा पनि दर्शकले पर्दामा नदेखिएको धेरै भयो, नयाँ चलचित्र कहिले हेर्न पाइन्छ रु भन्ने जिज्ञासा राख्नुहुन्थ्यो । म विविध कारणले केही समय विश्राममा रहे पनि अलग भने भएको थिइन्”, अभिनेत्री थापाले भनिन ।

उनले आफू चिनिएको चलचित्रकर्मबाट आउँदा दिनमा पनि लामोसमय नटाढिने बताइन । उपहार चलचित्रमा अभिनेत्री थापासँगै पूजा शर्मा, बेनिषा हमाल, मुकुन भुसाल, तेज गिरी, समर्पणजङ्ग कार्की, शिशिर राणा, सुष्मा कार्की, अंशु महर्जन, विनोदकुमार पौडेललगायतका कलाकारले अभिनय गरेका छन ।

चलचित्रलाई निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गरेका छन । उनले अभिनेत्री थापासँग लामो समयदेखि काम गरिरहेको स्मरण गर्दै चलचित्रमा तीन अभिनेत्रीलाई मुख्य पात्रका रुपमा प्रस्तुत गरेको बताइन ।

रेखा फिल्मस् र कपनगढी सिनेमाको ब्यानरमा निर्माण भएको चलचित्र फागुन २५ गते प्रदर्शन तय भएको छ । चलचित्र वितरण काठमाडौं उपत्यकामा करण श्रेष्ठ र उपत्यका बाहिर एफडी कम्पनीले गर्नेछ ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  ३ : ५८ बजे

जनताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले नेपाली नागरिकको दैनिक जीवनस्तरमा

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको जारी बैठक विपक्षी दलहरूको अवरोधका बीच १५

प्रधानमन्त्री संसद्मा उपस्थित हुनुपर्ने माग जायज : सभामुख

काठमाडौं । सभामुख डीपी अर्यालले प्रधानमन्त्री संसद्मा उपस्थित हुनुपर्ने माग

प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिनिधिसभा बैठकमा विपक्षीको अवरोध

काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठक विपक्षी दलका सांसदहरूले अवरुद्ध गरेका

सही प्रक्रियामा चलेका कन्सल्टेन्सीलाई प्रहरीले साथ दिन्छ : एसपी शाही

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देही शाखाले ‘लुम्बिनी