२९ श्रावण २०८३, शुक्रबार | August 14, 2026

आईपीएल : मुम्बई इण्डियन्समा फर्किदै हार्दिक पाण्डेय !



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा अहिले खेलाडीको ट्रेडिङ भइरहेको छ । यसैबीच भारतका अल राउण्डर हार्दिक पाण्डेय बारे ठुलो अपडेट आएको छ ।

क्रिकइन्फोका अनुसार हार्दिकले गुजरात टाइटन्स छोड्ने भएका छन् । हार्दिकलाई मुम्बई इण्डियन्सले किन्ने निश्चित भएको मिडिया रिपोर्टमा दाबि गरिएको छ । दुई सिजन गुजरातको कप्तानी गर्दै खेलेका हार्दिकलाई मुम्बईले फिता ल्याउने तयारी गरेको हो ।

यसका लागि मुम्बईले गुजरातलाई नगद शुल्क तिर्ने सहमति भएको बताइएको छ । मिडिया रिपोर्टका अनुसार हार्दिकलाई मुम्बईले प्रति सिजन १५ करोड भारु पारिश्रमिक दिने सहमति भएको छ ।

आइपिएलको खेलाडी रिटेन्सनको समय नोभेम्बर २६ अपराहन्न ४ बजेसम्म रहेकाले मुम्बईले हार्दिकलाई भित्र्याउन केहि खेलाडीलाई रिलिज गर्ने बताइएको छ । जसमा ईङल्याण्डका बलर जोफ्रा आर्चरको नाम अगाडी रहेको छ ।

हार्दिकले २०२२ मा गुजरातको डेभ्यु सिजनको कप्तानी गर्दै उपाधि जिताएका थिए भने २०२३ मा उपविजेता बनेका थिए ।

रोहित शर्मा अब विस्तारै टी-२० क्रिकेटबाट टाढिने भएपछि मुम्बईले हार्दिकलाई नियमित कप्तान बनाउन भित्र्याउन लागेको बुझिएको छ । हाल भारतको राष्ट्रिय टिममा टी-२० कप्तान समेत रहेका हार्दिकले अब मुम्बईमा रोहितको स्थान लिनसक्ने अनुमान गरिएको छ ।

हार्दिकको क्रिकेटमा उदय हुनुमा मुम्बई इण्डियन्सकै भूमिका रहेको छ । हार्दिकलाई २०१५ मा मुम्बईले १० लाख भारुमा भित्र्याएको थियो, त्यति बेला उनी राष्ट्रिय टिममा समेत पुगिसकेका थिएनन् । हार्दिक मुम्बईले १०१५, २०१७ र २०१९ मा उपाधि जित्दाका प्रमुख खेलाडी समेत थिए ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  ८ : ३६ बजे

राष्ट्रिय वाणिज्य बैंकको नाफा ६०.६८ प्रतिशतले वृद्धि

काठमाडौं । नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले

पाकिस्तानी दूतावासले मनायो ८०औँ स्वतन्त्रता दिवस, नेपालसँग सम्बन्ध थप सुदृढ गर्ने प्रतिबद्धता

काठमाडौं । पाकिस्तानको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा काठमाडौंस्थित पाकिस्तानी दूतावासमा

सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्वस्वीकृति अनिवार्य

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी सेवामा हुने वैदेशिक

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा. विवेक बराल नियुक्त

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपतिमा प्राडा विवेक बराल नियुक्त

सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पद तथा