१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

साइन रेसुङ्गा डेभलपमेण्ट बैंकले कर्जाको ब्याजदर १.१८ प्रतिशतले घटायो



बुटवल । साइन रेसुङ्गा डेभलपमेण्ट बैंकले कर्जाको ब्याजदर न्यूनतम १.१८ प्रतिशतले घटाएको छ ।साउन ६ गतेदेखि लागु हुने गरी सबै ग्राहकको लागि कर्जाको ब्याज दर घटाइएको बैंकले जनाएको छ ।

कोभिड–१९ को प्रभावमा परेका ग्राहकका लागि आर्थिक राहत होस भन्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले तोकेको क्षेत्रका कर्जाहरुमा बैंकले रु ८ करोड ५ लाख रुपैयाँ ब्याज छुट गरेको छ । बैंकले चैत्र महिनाको ब्याज २०७६ चैत्र मसान्तमा भुक्तानी गरेका ग्राहकहरुलाई नेपाल राष्ट्र बैंकले गरेको व्यवस्था अनुरुप १० प्रतिशतका दरले रु ३५ लाख रुपैया छुट पनि गरेको छ ।

कोभिड–१९ वाट प्रभावित भएको अर्थतन्त्रलाई चलायमान बनाउन र उद्यमशीलता विकास गर्ने उद्देश्यले साना तथा मझौला उद्योग व्यवसाय कर्जा, कृषि कर्जा तथा व्यत्तिगत घर कर्जा बार्षिक ९५० प्रतिशतमा प्रवाह गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताए । यस्तै अन्य कर्जाहरुमा पनि अत्यन्त प्रतिस्पर्धी ब्याजदर कायम गरी अर्थतन्त्रमा चलायमान बनाउने बैकको दाबी छ ।

बुटवलमा केन्द्रिय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक राष्ट्रियस्तरको विकास बैंक हो । बैंकको हाल जारी तथा चुक्ता पूँजी ३ अर्ब १ करोड रहेको छ । बैंकका प्रदेश ५, बागमती प्रदेश र गण्डकी प्रदेशमा गरी ६९ वटा शाखा कार्यालय १ वटा एक्सटेन्सन कार्यालय रहेका छन्।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ८ : ४६ बजे

त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान

काठमाडौँ । रसुवाको भोटेकोशीमा बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको

सुनचाँदीको मूल्यमा वृद्धि, छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ४ सय पुग्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा

उद्धारपछि सञ्जय साह – ‘सबैलाई बचाउने क्रममा म आफैँ फसेँ, महामन्त्र जप गर्दै बसेँ’

काठमाडौं । भोटेकोशी-त्रिशूली बाढीका कारण माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको

कृष्णभीरमा ट्र्याक खोल्न थालियो

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्र्याक खोल्ने काम

सङ्खुवासभामा शिक्षकको गोली हानी हत्या

काठमाडौं । सङ्खुवासभाको मकालु गाउँपालिकामा गोली प्रहारबाट एक शिक्षकको हत्या