७ कार्तिक २०८३, शनिबार | October 24, 2026

विदेशी नागरिकका नाममा अनलाइनमार्फत ठगी गर्ने नेपाली युवती पक्राउ



काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमार्फत साथी बनाइ एक लाख ३५ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले २७ वर्षीय युवतीलाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार सुजता चौधरीलाई पक्राउ गरिएको हो।

फेसबुकमा एलेक्स बेन्जामिन नाम भएका प्रयोगकर्ताले पीडितहरूलाई साथी बनाइ आफू टर्कीको नागरिक रहेको बताएर माया जालमा पारी आईफोन, घडी, जुत्ता, सुनका गहनाहरू, मेकअपका सामानहरूसहितको लगेज पठाएको छु भनी सामानको फोटो समेत पठाउने गरेका थिए।

त्यसपछि कुरियरको मान्छेले सम्पर्क गर्छ भनी म्यासेज पठाउने गरेको र डेलिभरीमार्फत काठमाडौंको एयरपोर्टमा सामान आइपुगेको छ भनी कस्टम चार्ज, डेलीभरी चार्ज र ईन्सुरेन्स चार्ज जस्ता विभिन्न प्रयोजनमा रकम तिनुपर्छ भनेर पीडितलाई विश्वास दिलाइ विभिन्न व्यक्तिहरूको बैङ्क खातामा रहेको एक लाख ३५ हजार रुपियाँ रकम पठाउन लगाइ ठगी गरेको प्रहरीले जनाएको छ।

सो कार्यक्रम सङ्लग्न जिल्ला सप्तरी साबिक धरमपुर गाविस वडा नम्बर ४ परिवर्तित कञ्चनपुर नगरपालिका वडा नम्बर ९ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका वडा नम्बर ३ ईमडोल बस्ने चौधरीलाई पक्राउ गरी जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ६ : ३७ बजे

असोजमा मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती । मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना

बेनी-दरवाङ-मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

म्याग्दी । बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी-दरवाङ-मुना

दसैँको टीकाको चौथो दिन आज पनि टीका थाप्ने र आशीर्वाद लिने क्रम जारी

काठमाडौं । विजया दशमीको टीकाको चौथो दिन आज पनि मान्यजनबाट

पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवा

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको

नेपालद्वारा चीनको सिजाङ क्षेत्रमा भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाल सरकारले चीनको सिजाङ स्वायत्त क्षेत्रको उत्तरी भागमा