३ पुस २०८२, बिहिबार | December 18, 2025

सोमालियामा बाढीका कारण एक सय जनाको मृत्यु



सोमालिया । सोमालियामा भारी वर्षाका कारण आएको बाढीका कारण कम्तीमा १०० जनाको मृत्यु हुनुका साथै करिब सात लाख ५० हजार मानिस घरबारविहीन भएको संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालयले शुक्रबार जनाएको छ ।

“विनाशकारी वर्षा र बाढी फैलिरहेकोले देश विपत्तिको बीचमा छ,” राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय निकायले एक विज्ञप्तिमा भनेको छ ।

मुसलधारे वर्षा, बाढी र डुबानका कारण दक्षिण पश्चिम, गाल्मुडुग, पुन्टल्याण्ड, हिर्शाबेल र जुबाल्याण्डका साथै बनादिर क्षेत्रका अधिकांश मानिस प्रभावित भएका छन् ।

संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता निकायले लाखौं सोमालियालीहरू भोकमरी र कुपोषणसँग जुधिरहेको र यस वर्षको अगस्टदेखि सन् २०२४ को जुलाईसम्ममा पाँच वर्षमुनिका अनुमानित १५ लाख बालबालिकाले तीव्र कुपोषणको सामना गर्नुपरेको जनाएको छ ।

ठूलो आवश्यकताको बावजुद, सन् २०२३ सोमालिया मानवतावादी प्रतिक्रिया योजनालाई ७६ लाख मानिसहरूको प्राथमिकता आवश्यकताहरू पूरा गर्न २ं६ अर्ब अमेरिकी डलरभन्दा बढीको लागी पूर्व घोषित कार्यक्रमको केवल ४२ प्रतिशत कोष जगेडामा छ ।

“सहायता संस्थाहरूले अतिरिक्त स्रोतहरू बिना वर्तमान र नयाँ आवश्यकताहरू पूरा गर्न सक्दैनन्,“ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार  ८ : २१ बजे

निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई