१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

बैंक तथा वित्तीय संस्थालाई सबै शाखा कार्यालय खोल्न राष्ट्र बैंकको निर्देशन



काठमाडौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सबै शाखा कार्यालय खोल्न निर्देशन दिएको छ ।
राष्ट्र बैंकले बिहीबार परिपत्र जारी गर्दै ‘सिफ्ट सिस्टम’ हटाई सम्पूर्ण सुरक्षाको पालना गर्दै सामाजिक दूरी कायम गरी शाखा कार्यालय खोल्न निर्देशन दिएको हो ।

कोरोनाको संक्रमण बढेको भन्दै बैंक तथा वित्तीय संस्थाहरुले सरकारले लकडाउन गरपछि ‘सिफ्ट सिस्टम’लागु गर्दै सीमित संख्यामा शाखा कार्यालय सञ्चालन गरेका थिए ।

बैंकिङ कारोवारको समयसम्म नियमितरुपमा बैंक तथा वित्तीय संस्थाका शाखा खोलेर सेवाग्राहीलाई सेवा दिन राष्ट्र बैंकले जारी गरेको परिपत्रमा उल्लेख छ ।

केन्द्रीय बैंकले स्वास्थ्यसम्बन्धी मापदण्डको पूर्ण परिपालना गर्न, कार्यालयमा भीडभाड कम हुने वातावरण बनाउन समेत निर्देशन दिएको छ । यस्तै राष्ट्र बैंकले विद्युतीय कारोवारलाई समेत प्रोत्साहन गर्नुपर्ने बताएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहिबार  ८ : ३९ बजे

त्रिशूली-३ ‘ए’को सुरुङमा एकजनाको शव फेला

काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र उद्धारका

त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान

काठमाडौँ । रसुवाको भोटेकोशीमा बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको

सुनचाँदीको मूल्यमा वृद्धि, छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ४ सय पुग्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा

उद्धारपछि सञ्जय साह – ‘सबैलाई बचाउने क्रममा म आफैँ फसेँ, महामन्त्र जप गर्दै बसेँ’

काठमाडौं । भोटेकोशी-त्रिशूली बाढीका कारण माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको

कृष्णभीरमा ट्र्याक खोल्न थालियो

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्र्याक खोल्ने काम